मोबाइलमा विश्वकप, तपाईंले कति डाटा खर्च गर्नुपर्छ ?

मोबाइलमा विश्वकप, तपाईंले कति डाटा खर्च गर्नुपर्छ ?

  • सोमवार, जेष्ठ २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

यो वल्र्डकप टिभीमा हेर्न तपाईंसँग उपयुक्त समय छैन ? खेलकै समयमा आफ्नो कार्यालय गएर काम गर्नुपर्ने अवस्था पो छ कि ? त्यसै कारण तपाईं यसपटकको विश्वकप फुटबल आफ्नो स्मार्ट फोनमा हेर्ने बिचार गर्दै हुनुहुन्छ ? मोबाइलमा एप डाउनलोड गरेर वल्र्डकप फुटबल स्ट्रिमिङको मज्जा लिने सोचमा हुनुहुन्छ भने विचार गर्नुभएको छ तपाईंले कति डाटा खर्च गर्नुहुन्छ ?

मोबाइल फोन रिटेलर ‘फोन्हाउस’ले वल्र्डकप फुटबल मोबाइलबाट हेर्दा कति मोबाइलडाटा प्रयोग हुन सक्छ भनेर एउटा विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सबैभन्दा बढी मोबाइल डाटा चर्चित टिमहरू जस्तै फ्रान्स, अर्जेन्टिना, ब्राजिल, जर्मनीको खेलमा खर्च हुनेछ । वल्र्डकपमा यी टिमले सातवटा खेल खेल्ने प्रक्षेपण गर्दै यी टिमको खेलमा ३ दशमलव १५ जीबी मोबाइल डाटा प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।

विश्वकप फुटबलका सम्पूर्ण खेल एपमार्फत हेर्दा जम्मा २८ दशमलव ८ जीबी मोबाइल डाटा प्रयोग हुने कुरा जानकारी गराइएको छ । सुरुवाती चरणमै ठुला टिम वल्र्डकपबाट बाहिरिए मोवाइल डाटाको प्रयोगमा पनि कमी आउनेछ । धेरै डाटा खपत गराउने अन्य टिममा स्पेन, पोर्चुगल तथा बेल्जियम पनि हुन् ।

वल्र्डकपमा ३ खेल मात्र खेल्न सक्ने प्रक्षेपण गरिएको साउदी अरेबियाको खेलमा १ दशमलव ३ जीबी डाटा मात्र खर्च हुने आँकलन छ । त्यसैगरी इंग्ल्यान्डको खेलमा १ दशमलव ८ जीबी डाटा खर्च हुन सक्छ ।

‘फोनहाउस’का अनुसार माथिका सबै विवरण वल्र्डकप फुटबल बिबिसी आइप्लेयर एप अथवा आइटिभी हब प्रयोग गरेर हेर्दा आउने तथ्य हुन् । बीबीसी आइप्लेयर र आइटिभी हब दुवैले वल्र्डकप फुटबलका खेलहरू देखाउनेछन् ।

साप्ताहिकबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी