‘मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ।
वनस्पति जगत्मा पिप्पली कुल (एष्उभचबअभबभ)को मरिचपिप्पली (एष्उभच लष्नचगm) नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच (एभउउभच) हो । पाकेका सुकेका फलहरूका बोक्राहरू बाट सेतो गोला मरिच बनाइन्छ जसको व्यास लगभग ५ मिमी हुन्छ। यो मसालाको रूपमा प्रयुक्त हुन्छ।
बानस्पतिक हिसावले मरिच झाङ जस्तो बोट, प्रयोग गरिने फललाई ड्रुप(मचगउभ) भनिन्छ जसमा सिङ्गो बीयाँ हुन्छ ।
यसका प्रयोग गरिने मुख्य अवस्थाहरु यसप्रकार छन्
कालो मरिच – पकाएर सुकाएको फल
हरियो मरिच – सुकाएको काचोँ फल
सेतो मरिच – पाकेको फलको बियाँ
हालको तथ्याङ्क हेर्ने हो भने भियतनाम विश्वकै सवभन्दा ठूलो उत्पादक र निर्यात गर्ने देश हो जसले विश्वको ३४ प्रतिशत मरिच उत्पादन गर्छ । नेपालमा यसको खेती मोरङ, सूनसरी, झापा, रामेछाप र लमजुङमा गरेको पाइन्छ ।
समुद्री सतहदेखि २००० मिटर सम्म खेती गर्न सकिन्छ ,बिरुवाहरुबीच २.५ मि. र लाइनहरुबीच २.५ मि. को दूरी कायम गरिन्छ जसले गर्दा आड र झाङ्गिनको लागि पर्याप्त ठाउँ पुगोस । आडको लागि अन्य बिरुवाहरु, सिमेन्टको पिलर, काठको पोल, फलामे तार आदि प्रयोग गर्न सकिन्छ ।
विरुवालाइ सही आकार दिन र रोगमुक्त राख्नुका साथै स्वस्थता र उत्पादकत्व कायम गर्न काँटछाँट जरुरी हुन्छ । जव विरुवा १ मि लामो हुन्छ तलको पात हटाइदिनुपर्छ । उपयुक्त छहारी र सहारा दिन तथा रोग र किराहरुबाट जोगाउन घरेलु उपकरणहरुले काँटछाँट गर्न सकिन्छ ।
मरिचको गेडा पहेंलिएर एउटा झुप्पामा १ २ ओटा गेडा रातो भइसकेपछि टिपेर, सुकाएपछि गेडा छुट्याइन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा, घाममा सुकाउने अनि गेडा चाउरिएर कालो भएपछि भण्डारण गरिन्छ । तराइमा मंसिरदेखि पौषसम्म र पहाडमा पौषदेखि फागुनसम्म टिपिन्छ ।
यसको उत्पादकत्व २७५ के जी प्रति हेक्टर उत्पादन भएको पाइन्छ ।
साधारणतया तेश्रो वर्ष पश्चात् बिरुवाहरू फल्न थाल्छ। सात वर्ष पछि बिरुवाहरूमा फलहरूको १०० देखि १५० मिलीमीटर लामो गुच्छा अधिकतम मात्रामा लाग्न प्रारम्भ हुन्छ। गर्मीमा प्रत्येक बिरुवाहरू बाट साधारणतया ४ देखि ६ किलोग्राम सम्म मरिच प्राप्त हुन्छ। यसको प्रत्येक गुच्छामा ५०(६० दाना हुन्छन। पाकेपछि ति फलहरू का गुच्छहरूलाई उतारेर जमीनमा अथवा चटाएरमा फैलाएर हाथले रगडेर मरिचका दानाहरूलाई अलग गरिन्छ। यिनलाई ५(६ दिनहरू सम्म घाममा सूक्न दिइन्छ। राम्रो सँग सुकेपछि मरिचका दुवै बोक्राहरू खुम्चिने तथा चाउरि पर्ने हुन थाल्छ र यिनीहरूका रंग गाढा कालो हुन थाल्छ।