एजेन्सी ।
जुवा खेल्दा के के दाउमा लगाउछन् ? हामिले सहजै अनुमान लगाउन सक्छौ भएको पैसा , घर जग्गा आदि ।
तर भारतको ओडिसास्थित बालेश्वर जिल्लाका एक पति यतिसम्म जुवाडे निस्कीए की उनले आफ्नै श्रीमतीलाई जुवामा दाउमा लगाए ।
त्यसतिमा उनको चित्त बुझेन , उनले जुवा हारेपछि आफ्नै आँखा अगाडि श्रीमतीको परपुरुषले बलात्कार गरेको टुलुटुलु हेरिरहे ।
अर्का जुवाडे जसले जिते उनले अर्काकि श्रीमतिसँग लोग्ने अगाडि त्यहि बलात्कार गरे । लगत्तै पीडित महिलाले स्थानीय प्रहरी चौकीमा बलात्कारको उजुरी दर्ता गराएकी छन् । त्यसपछि उनका पति र जुवामा जितेर आफूलाई बलात्कार गर्ने पुरुष दुवैजना फरार छन् ।
गत मे २३ मा उनका लोग्ने राति ११ बजे घर आएर उनलाई आफूसँगै हिड्न भनेको र आफुले कहाँ जाने ? भनेर सोध्दा कुनै जवाफ नदिएको ती महिलाले बताएकी छिन् ।
उनका अनुसार आफु जान नमानेपछि जबरजस्ती गाउँ भन्दा बाहिर लगको र त्यहाँ पहिलेदेखि नै बसिरहेको जुवाडे श्रीमानको साथिले बलात्कार गरे ।
उक्त व्यात्तिलाई महिलाले पहिलेदेखि नै चिनेको र भाई भनेर बोलाउने गरेको पनि बताएकी छिन् ।
अकस्मात ती पुरुषले उनको हात समातेर तान्न खोजे । उनले विरोध गरिन् । तर उनका लोग्नेले त्यो परपुरुषलाई झापड हान्नुको साटो उल्टै आफ्नै श्रीमतीको साडी फुकालिदिए अनि श्रीमतीलाई त्यहीँ जुवाडे साथीको हातमा बुझाइदिए ।
आफूलाई त्यो जुवा जित्नेवाला मानिसले केही पर लगेर बलात्कार गरेको उनले बताएकी छिन् ।
अर्को दिन बिहान ती महिलाकी छोरीले आफ्नो मावली हजुरबुवालाई फोन गरी आमामाथि भएको बलात्कारको बेलिविस्तार लगाइन् । महिलाका बाबु उनको घर आएर पीडित महिलालाई माइत लगेर गए । अनि प्रहरीमा बलात्कारको उजुरी दर्ता गरिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
बीबीसी हिन्दीबाटफोटो समेत