पत्नीपीडित पुरुषका लागि बन्यो आश्रम, जहाँ पत्नी पीडितहरुलाई परामर्श सेवा दिइन्छ

पत्नीपीडित पुरुषका लागि बन्यो आश्रम, जहाँ पत्नी पीडितहरुलाई परामर्श सेवा दिइन्छ

  • शनिबार, जेष्ठ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी।

महिलामाथि हुने हिंसाको बारेमा हामिले धेरै सुन्दै र देख्दै आएका छौ । त्यसमा पनि घरेलु हिंसाका घटनाहरु अझै घट्नुका साटो बढ्दो क्रममा रहेका छन् ।

तर पुरुसहरु पनि पिडित छन् भन्ने कमै मात्र सुनिन्छ । लोग्नेबाट हुने हिंसा वा अन्यखाले हिंसापीडित महिलाका लागि आश्रय गृह पनि बनेका छन् तर त्यस्ता पिडित पुरुषका लागी आश्रयगृह बनेको हामिले कमै मात्र सुन्छौ ।

यस्तै आश्रयघर भारतमा पनि रहेको छ । महिलाहरुबाट पनि आफ्ना श्रीमानमाथि हिंसा हुनथालेपछि भारतमा पत्नीपीडित पुरुषका लागि पनि आश्रम बनेको छ ।

महाराष्ट्रको औरंगाबादबाट १२ किलोमिटर टाढा शिरडी मुम्बइ हाइवे छेउमा यो आश्रम रहेको छ । उक्त आश्रममा धेरै पत्नीपीडित पुरुषहरु बस्ने गरेका छन् । जहाँ पत्नीपीडितका लागि आवश्यक सल्लाह, कानूनी लडाइँ लड्नका लागि सहयोग पनि उपलब्ध गराइन्छ ।

यो आश्रमभित्र थर्मोकोलबाट एउटा ठूलो आकारको कागको आकृति बनाइएको छ । हरेक बिहान तथा बेलुकी उक्त कागको पूजा गरिन्छ । आश्रममा बस्ने पत्नीपीडितहरुको मान्यता छ कि पोथी कौवा फूल पारेर उडेर जान्छ । तर भाले कौवाले अण्डा तथा बच्चाको पालन पोषण गर्दछ । यस्तै अवस्था पत्नी पीडित पुरुषहरुको हुने भन्दै उनीहरुले कौवाको मूर्तिमा पुजा गर्ने गरेका हुन् ।

यो आश्रमको स्थापना भारत फुलारे नामक व्यक्तिले गरेका हुन् । उनी स्वयं पत्नीपीडित हुन् । उनकी पत्नीले उनीमाथि घरेलु हिंसाको मुद्दा दर्ता गरिराखेकी छन् । उनलाई भेट्न अहिले कोही पनि आफन्त आउँदैन । पत्नीबाट पीडित भइरहेको बेला उनले अरु चारजना आफूजस्तै व्यक्तिहरुसँग भेट गरे । त्यसपछि उनीहरु पाँचजना मिलेर यो आश्रम खोलेका हुन् । सन् २०१६ को पुरुष अधिकार दिवसको दिन आश्रमको सुरुवात गरिएको हो ।

१२ सय वर्गफिटमा बनेको आश्रममा ३ वटा कोठा रहेका छन् । आश्रममा बस्ने मानिस सामुहिक रुपमा बस्दछन् र आफ्नो खाना आफै बनाउँछन् । सल्लाह लिन आउने हरेक मानिसलाई खिचडी बनाएर खुवाइन्छ ।

हरेक शनिवार तथा आइतबार पत्नी पीडितहरुलाई परामर्श सेवा दिइन्छ । यो आश्रममा सुरुमा केवल नजिकका सहरका पुरुषहरु आउने गरेका भएपनि अहिले छत्तिसगढ, गुजराँत, कर्नाटक, आन्ध्र प्रदेश लगायतका राज्यमा मानिसहरु पनि आउने गरेका छन् ।

यो आश्रममा बस्ने योग्यताका लागि पत्नी पीडितहरुका केही मापदण्ड तोकिएको छ । जस अनुसार पत्नीद्वारा कम्तिमा २० मुद्दा दायर भएका, पत्नीले मुद्दा हालेपछि नोकरी गुमाएका, पत्नीलाई मानाचामल भर्न नसक्दा जेल परेर छुटेका, अर्को बिहे गर्ने मन नभएका र आफ्नो योग्यता अनुसारको काम गर्ने जाँगर भएका पुरुषहरुले मात्र यो आश्रममा बस्ने ठाउँ पाउँदछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी