१७ रुपैंयामा कुनै सुन्दर युवतीसँग केहिसमय बिताउन सक्नुहुन्छ भन्ने सुन्दा तपाईलाइ अचम्म लाग्न सक्छ ।तर, यो कुरा सहि हो । तपाईले मात्रै १७ रुपैंयामा प्रेमिका भाडामा पाउन सक्नुहुन्छ र यो कुरा सामाजिक सञ्जालमा पनि धेरै नै भाइरल भएको छ ।
दक्षिण चीनको गुआडोंगमा रहेको ‘द भाइटलिटी सिटी मल’को एक स्टोरमा सुन्दर र आकर्षक युवतीहरु पोडियममा राखिएका छन् । यहाँ कोही पनि पुरुषले आफूले मनपराएको युवतीलाई २० मिनेटको लागि १ आरएमबी तिरेर आफ्नो प्रेमिका बनाएर लैजान सक्छ ।
यसको लागि पुरुषले आफुले छानेको युवतीको मोबाइल फोनमा एक क्युआर कोड स्क्यान गर्न पर्छ र पैसा तिर्न पर्छ । एकपटक कोड स्क्यान भएपछि उक्त पुरुषले उसको ती युवतीलाई स्टोरको आसपास र मलमा घुमाउन सक्छ ।
उसले भाडाको प्रेमिकालाई सपिङको लागि र लञ्चडेटमा पनि लैजानसक्छ । यदि उसले २० मिनेट भन्दा धेरै समय बिताउन चाहन्छ भने उसले दोब्बर पैसा दिनुपर्छ ।
तर, भाडाको प्रेमिकालाई युवकले चुम्बन गर्न, जथाभावी छुन र मल भन्दा बाहिर घुमाउन लैजान पाँउदैन ।