बाबु किनमेलका लागि बाहिर गएको बेलामा खेल्दै गरेका बच्चा एक्कासी बार्दलीमा झुन्डिएका थिए । तर बाटोमा हिँडिरहेका २२ वर्षीय युवन मामोउडु गासामाले बच्चा झुण्डिरहेको देखेपछि बचाएका छन् ।
बच्चा भएको ठाँउसम्म पुग्नका लागि जम्मा ३० सेकेण्ड लगाए र बच्चालाई बचाउन सफल भए ।
यस्तो साहसिक कार्यपछि उनलाई सिनेमाको स्पाइडरम्यानसँग तुलना गर्न थालिएको छ । बच्चालाई बचाउनका लागि किन त्यस्तो जोखिम मोलेकोे भन्ने प्रश्नमा गासामाले भने, ‘उसको स्थिति देखेर मलाई माया लाग्यो, त्यसैले जोखिम उठाएँ ।
डोरी वा अन्य कुनै सुरक्षा सामग्री बिना नाङ्गो हातले सजिलै भवनमा चढेका उनलाई प्रत्यक्षदर्शीको भीडले हौसला दिइरहेको थियो । चौथो तलामा पुगेपछि गासामाले बच्चालाई समाते र सुरक्षित रुपमा बाहिर ल्याएका छन् ।
बच्चा झुन्डिएपछि एक छिमेकीले बच्चालाई अर्को बार्दलीबाट बचाउन कोसिस गरिरहेका थिए र उनले यसबारे वायुणयन्त्रका कर्मचारीलाई सूचना पनि दिएका थिए ।
तर, उनीहरु आइपुग्नु अगाडी नै गासामा एक्सनमा आए र बच्चालाई बचाएका छन् । ६ महिना अघि मात्रै मालीबाट फ्रान्स आएका गासामा मोन्ट्रेउलमा बस्छन् ।
पेरिसका मेयर एन्नी हिडाल्गोले टि्वटरमा ‘मामोउडु गासामाको बहादुरीको लागि बधाई दिएका छन् ।