युवतीलाई ब्रा र पेन्टिमा चम्चा लुकाउन सुझाव, यस्तो छ कारण

युवतीलाई ब्रा र पेन्टिमा चम्चा लुकाउन सुझाव, यस्तो छ कारण

  • शनिबार, जेष्ठ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

एक युरोपेली मुलुकमा किशोरी तथा युवतीहरुलाई आफ्ना भित्री वस्त्रमा चम्चा लुकाउन भनिएको छ ।
जबरजस्ती बिहे तथा योनीच्छेदनका लागि गुपचुप अन्य देशहरुमा लैजानेक्रम बढेपछि युरोपेली मुलुक स्विडेनको एक सहरका किशोरी तथा युवतीहरुलाई आफ्ना भित्री वस्त्रमा चम्चा लुकाएर राख्न सुझाव दिइएको छ ।

स्विडेनको गुटेनबर्ग सहरमा छोरीहरुलाई उनीहरुका अभिभावकहरुले जबरजस्ती बिहे तथा योनीच्छेदनका लागि गुपचुप अन्य देशहरुमा लग्ने गरेका छन् । सोहि कारण यस्तो अनौठो तथा रोचक सुझाव दिइएको हो ।

ता की किशोरी तथा युवतीहरुलाई आफ्नो भित्री वस्त्रभित्र लुकाएको चम्चाका कारण बचाउन सकियोस् । भित्रि बस्त्रमा धातुको चम्चा लुकाउन भनिएको छ ।

एयरपोर्टमा चेकिंगका बेला उनीहरुलाई मेटल डिटेक्टरले पक्रिने र पछि सुरक्षा अधिकारीहरुले थप चेकजाँचका लागि गोप्य कोठामा लैजादा ती युवती तथा किशोरीहरुले अधिकारीहरुसँग आफुलाई जबरजस्ती देश बाहिर लैजान लागिएको खुलासा गर्न सक्नेछन् ।
यो पूरै कारवाहीका लागि गुटेनबर्ग एयरपोर्टका अधिकारीहरुलाई पनि विशेष निर्देशन दिइएको छ ।

गुटेनबर्ग सहरका किशोरी तथा युवतीहरुलाई जबरजस्ती देशबाहिर लैजानबाट जोगिने यो अन्तिम विकल्प भएको भन्दै महिला हिंसाको विरुद्धमा काम गर्ने एक अधिकारकर्मीले एयरपोर्टका अधिकारीहरुसँग विशेष कुराकानी गरेका छन् ।

स्विडेनमा गुटेनबर्ग लगायतका अन्य सहरमा पनि महिलामाथि यस्ता खाले हिंसाका घटना देखिने गरेका छन् । यस्ता सबै सहरका किशोरी तथा युवतीहरुलाई भित्री वस्त्रमा चम्चा राख्न सुझाव दिइनुका साथै एयरपोर्टहरुलाई यस विषयमा सतर्कता अपनाउन निर्देशन दिइनेछ ।

यसअघि बेलायतमा पनि यस्तै तरिकाको अबलम्बन गरिएको थियो ।

-एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी