जहाँ पतिकै सहयोगमा विवाहित महिलाले सातपटक अन्जान पुरुषसँग यौनसम्पर्क राख्छन् !

जहाँ पतिकै सहयोगमा विवाहित महिलाले सातपटक अन्जान पुरुषसँग यौनसम्पर्क राख्छन् !

  • शनिबार, जेष्ठ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

एजेन्सी ।

देश अनुसारको भेष भनेजस्तै इण्डोनेसियामा एउटा अनौठो परम्परा रहेको छ । हाम्रो समाजमा परपुरुष सँगको सम्बन्ध अवैध र घृणित मानिन्छ । तर त्यहाँ हरेक वर्ष महिलाहरुले अपरिचित पुरुषसँग यौन सम्पर्क राख्नुपर्छ । १६ औँ सताब्दीदेखि सुरु भएको भनिएको यो परम्परा अझै चलिरहेको छ ।

झन् विवाहित महिलाले अन्य अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्नेक्रममा आफ्नै पतिले पनि सहयोग गर्दछन् ।

इण्डोनेसियाको पोन नामक पर्वमा ठूलो संख्यामा महिला तथा पुरुषहरु माउन्ट केमुकस पुग्दछन् । त्यहाँ महिलाहरु आफुलाई मन पर्ने कुनै अपरिचित पुरुषको खोजी गर्दछन् । अनि मनले खाएको भेटेसँगै सहमतिमा यौन सम्पर्क राख्दछन् ।

हरेक ३५ दिनमा पर्व आयोजना हुने र महिलाहरु सोही पुरुषसँग यौन सम्पर्क गर्नुपर्दछ । लगातार सात पटकसम्म महिलाले उक्त परपुरुषसँग यौन सम्पर्क बनाएपछि महिलाको मनको इच्छा पूरा हुने र जिवनमा चिताएको पुग्ने जनविश्वास छ ।

यो पर्वसँग १६ औँ शताब्दीमा एक राजासँगको एक अनौठो कहानी जोडिएको छ । १६ औँ शताब्दी त्यहाँका राजा रहेका पेगेरन समोद्रो आफ्नो सौतेली आमा नायी ओत्रोवुलानलाई खुब मन पराउँदथे । एकरात जब उनले सौतेनी आमासँग यौन सम्पर्क गरिरहेका थिए, त्यसबेला दुबैको हत्या भयो ।

त्यसैले राजा र उनकी सौतेनी आमाले पूरा गर्न नपाएकोे यौनक्रिया जसले पूरा गर्न पाउँदछ उसका सबै दुखकष्ट हट्ने र घरमा खुसियाली छाउने विश्वास गरिन्छ । राजाले आफ्नी सौतेलो आमासँग यौन सम्पर्क गरेर पाप गरेका हुनाले कुनै अपरिचित पुरुषसँग यौन सम्पर्क गरेर पाप गर्ने विवाहित महिलालाई ती राजाको आत्माले आशिर्वाद दिने र मृतक राजाको आशिर्वादले महिलालाई फलिफाप हुने जनविश्वास छ ।

यो पोन पर्व जाभा प्रान्तको सोलो गाउँसिथत केमुकस पर्वतमा मनाइन्छ । त्यहाँ आउने मानिसहरु सुरुमा मृतक राजा र उनकी सौतेली आमाको चिहानमा फूल चढाएर आउँछन् । त्यसपछि स्थानीय कुवामा नुहाउँछन् र त्यहीँ भेटिएको पार्टनरसँग यौन सम्पर्क गर्दछन् ।

यो पर्व आधुनिक बन्दै गएको छ र उक्त क्षेत्रमा होटलहरु पनि बनिसकेका छन् । त्यसैले त्यहाँ भेट हुने जोडीहरु होटलमा बसेर समय बिताउने र होटलभित्रै यौनक्रिडा गर्ने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी