कुकुर कुट्ने नेपालीलाई नौ महिना जेल, पक्राउ गर्नको लागि वारेन्ट जारी

कुकुर कुट्ने नेपालीलाई नौ महिना जेल, पक्राउ गर्नको लागि वारेन्ट जारी

  • शुक्रबार, जेष्ठ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

घरमा पालेको कुकुरलाई पिटेको आरोपमा एक नेपालीलाई ९ महिनाको कैद सजायँ सुनाइएको छ ।

क्यानडाको पिटरवर्गमा नेपाली मुलका दिप बिष्ट तीन पटकसम्म जनावरलाई दुर्व्यबहार गरेको आरोपमा दोषी ठहरिएको ग्लोबलन्यूजले जनाएको छ । पिटरवर्गको प्रान्तीय अदालतमा उक्त सजाय सुनाइएको थियो । त्यसअघिका अन्य तीन पटकको घटनामा भने प्रान्तीय अभियोजकको आग्रहमा उनको केस फिर्ता लिइएको थियो ।

बिष्टले कुकुरलाई लात्तिले हानेको र कुटेको दृश्यहरु उनको अपार्टमेन्ट बिल्डिङको सीसी क्यामेरामा कैद भएको थियो ।

अदालतमा उनीविरुद्ध सजायँ सुनाउने बेलामा उनी नेपालमा मुटुको उपचार गराइरहेकाले अदालतमा उपस्थित नभएको बिष्टका वकिलले बताएका थिए ।

जनवरीमा पिटरवर्ग छोड्नुअघि बेरोजगार रहेका बिष्ट ३०३ अलिमर स्ट्रिट स्थित एक अपार्टमेन्टको सातौं तल्लामा बस्थे । त्यहाँ उनले पालेको डिजे नामक तीन वर्षीय कुकुरलाई लात्तिले हाने, पन्च हान्ने र हावामा फालिदिने गरेको दृश्य देखिएको थियो ।

तीन फरक मितिमा लिइएका तस्वीरहरुमा उनले गत वर्षको सेप्टेम्बर र अगस्टमा कुकुरलाई दुर्व्यवहार गरेको दृश्य अदालतमा देखाइएको थियो । उक्त भवनकोे र्भयाङको भित्तामा कसैले रगतको दाग देखेपछि मात्रै सेक्युरिटी क्यामेरा राखिएको थियो ।

न्यायाधीश पिटर हिस्कक्सले उक्त भिडियोले कायरता र घृणित कार्य देखाएको बताएका छन् ।

यस्तै बिष्टकी वकिल एन्जेला म्याकग्राथले उक्त कार्य डरलाग्दो र भयानक रहेको बताएकी थिइन् ।

अदालतमा उनले बिष्टले आफ्नो कार्यमा पछुतो मान्दै लेखेको चिठी पढेर सुनाएकी थिइन् । जसमा उनले आफ्नो कुकुरलाई राम्रो बनाउनका लागि तालिम दिन मात्रै खोजेको उल्लेख गरेका थिए । उनले अदालतलाई उदारता देखाउन समेत आग्रह गरेका थिए ।

तर, न्यायाधीशले माफी दिन मानेनन् र उनलाई तीनपटक ९० दिनको दरले गरी नौ महिना जेल सजायँ सुनाएका छन् । साथमा उनलाई जीवनभर घरपालुवा जनावर पाल्न प्रतिबन्ध लगाइएको छ ।

क्यानडामा जनावरलाई हानी र्पुयाएमा सबैभन्दा धेरै सजायँ ६० हजार डलर र दुई वर्षको कैद सम्म हुन्छ ।

उक्त कुकुर अहिले बिष्टको पूर्वपत्नीको संरक्षणमा छ । बिष्टलाई पक्राउ गर्नको लागि वारेन्ट जारी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी