जिउदो मान्छेको पेट छैन भनेको सुन्दा जो कोहिलाइ अचम्म लाग्न सक्छ । यो पत्याउदै नसकिने कुरा पनि हो । तर भारतको पुणेकी एक युवतीको पेट नै छैन ।
पुणेमा ‘द गटलेस फ़ूडी’ सन्चालन गरेर बसेकी नताशा दिद्दी को पेट छैन तर उनी खानाको भने एकदम शोखिन छिन् । उनी अरूका लागि एकदम मिठा मिठा खानेकुरहरू पकाउछिन्र तर आफै खान सक्दिनन् ।
उनको जन्मजातै पेट नभएको भने हैन । उनको अचनक बायाँ कुम असह्यैय दुख्न थाल्यो र केहि खानेबित्तिकै दुखाइ बढ्न थाल्यो । तत्काल आर्थोपेडिशियन (हड्डी को डॉक्टर) सँग देखाएर सल्लाह लिइन् ।
एक्स-रे र अन्य थुप्रै टेस्ट गरेपछि उनको अपरेशन भयो तर पनि दुखाइ कम भएन । दुखाइ झन् बढेपछि पेनकिलर खादै बस्न थालिन । उनको स्वास्थ्य झन बिग्रदै गयो । ८८ किलोकी उनी घटेर ३८ किलोकि भइन् ।
जति औषधि खाएपनि ठिक भएन । फ़िजियोथेरेपी र अल्ट्रासाउंड अनी सोनोग्रैफ़ी लगायतका मेडिकल टेस्ट पनि भयो ।
अन्तिममा उनले पुणे कै केईएम हॉस्पिटलका डॉ. एसएस भालेराव सँग भेट्न पुगिन तब डाक्टरको कुरा सुनेर उनी आफै चकित परिन् ।
उनले भनिन्, म अस्पतालको बेडमा घुडा टेकेर बसेकी थिए । किनकि यसरी बस्दा दुखाइ कम भएको महसुस् हुन्थ्यो । सोहि समय एक अन्जान ब्याक्ति मेरो बेडमा आएर मलाइ चेक गरे र भने मेरो पेट मा अल्सर भको छ ।
त्यसपछि लैप्रोस्कोपी टेस्ट भयो ।
डॉ.भालेराव भने, नताशा को पेटमा अल्सर भएर ब्लीडिंग शुरू भएको थियो । उनले यति धेरै पेनकिलर खाएकी थिइन् कि पेटले काम गर्न बन्द भइसकेको थियो । उनले थपे पेनकिलर्स ले हाम्रो शरीरमा धरै नोक्सान पुर्याउछ । ख़ासगरी इंटेस्टाइंस को।
अल्सर पेटमा थियो तर किन काधमा दुख्थ्यो भन्ने प्रश्नमा डॉ। भालेरावले भने,अल्सर नताशा को पेटको उस भागमा थियो जो डायफ़्राम मा लागेको थियो । डायफ़्राम र काधको एउटा नशा जोडिएको हुन्छ । त्यसैले दुख्छ।
अल्सर र पेनकिलर्सले पेट पुरै नष्ट गरेकोले अप्रेशन नै अन्तिम बिकल्प थियो । उनको नौ घंटा लगाएर सफल अप्रेशन भयो ।
ननताशा को पेट निकालेर फालियो । तर नताशालाइ उनको पेट निकालिएकोबारे एक हप्तापछि मात्रै परिवारले जानकारी गरायो । त्यो पनि अस्पतालको बेडमा बसेर केहि खान खोज्दा उनकी आमाले गालि गरिन् र बताइन ।
आमाले भनिन् , रुक ! त त्यसै केहि पनि खान सक्दिनस, डाक्टरलाइ सोध्नपर्छ ,अब तेरो पेट छैन ।।।।।
नताशाले तुरंत तल हेरिन् किनकि उनलाइ थाहा थिएन कि उनको पेट किकालियो। त्यसपछि उनको जिन्दगी पुरै बदलीयो उनी खाना त खान्छिन् तर अरूले जसरी खादिनन् ।
अहिले उनी दिनमा सात-आठ बार खाना खान्छिन् । उनका लागि खाना भन्दा फ़ुल ब्रेकफ़ास्ट, लंच या डिनर केहि हुन्न डायबिटीज़को बिरामि जस्तो निरन्तर निगरानी हुन्छ र खानामा धेरै पिउने कुरा हुन्छ ।
उनको पेट निकालेकाले शरीर खाना स्टोर गर्दैन र खानेबित्तिकै सिधै छोटो पेटमा जान्छ । यसले थुप्रै समस्या पनि आउछ त्यसैले मसलेदार र पेटभरी खाना खादिनन् । विटामिन बी मान्छेको पेटमा बन्ने भएकाले उनको पेट नै छैन उनी नियमित यसको इंजेक्शन लिन्छन् ।
मिठो खानेकुरा जस्तै आइसक्रीम या रस मलाई खान मिल्दैन किनकी त्यसले बेहोस हुने सम्भावना रहन्छ । यसलाइ (डंपिंग सिन्ड्रोम) भनिन्छ ।
नताशा भन्छिन्,पहले त म यो सत्य पत्याउन र सामान्य रूपमा लिन कठिन भयो । अन्तत मैले शोक मनाउन छोडेर जीवनलाइ नयाँ सिराबाट सुरू गर्ने निर्णय गरे र आफ्नै फ़ूड वेबसाइट र इंस्टाग्राम चलाउछु ।
उनी केहि होटलमा कंसल्टेंट का रूपमा काम पनि गर्नथालिन् । (बीबीसीबाट)

