पहिलो पटक लिंग तथा अण्डकोष प्रत्यारोपणमा सफलता

पहिलो पटक लिंग तथा अण्डकोष प्रत्यारोपणमा सफलता

  • मङ्लबार, बैशाख २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

संसारमै पहिलो पटक अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका शल्य चिकित्सकहरूले लिंग तथा अण्डकोष प्रत्यारोपण गरेर नयाँ उपलब्धि हासिल गरेका छन् । उक्त प्रत्यारोपणबाट अफगानिस्तानमा घाइते भएका एक अमेरिकी सैनिकले नयाँ जीवन प्राप्त गरेका छन् ।

उक्त प्रत्यारोपणका क्रममा पहिलो पटक लिंग, एब्डोमिनल वाल र अण्डकोषलाई एक मृत व्यक्तिबाट घाइते सैनिकमा सारिएको थियो । यसमा बिरामी सैनिकको छाला, मांसपेशी, स्नायु, हड्डीका साथै रक्तनलीसमेत परिवर्तन गरिएको छ । रोगीलाई इन्फेक्सनबाट जोगाउन आवश्यक तन्तुसमेत मृत ब्यक्तिबाटै निकालिएको थियो ।

उक्त शल्यक्रियामा ९ जना प्लाष्टिक सर्जन तथा २ जना युरोलोजिकल सर्जन संलग्न थिए । उनीहरूले १४ घण्टासम्म लगातार शल्यक्रिया गरेका थिए । शल्यक्रियापश्चात् सामान्य महसुस गरेको बताउने घाइते सैनिकलाई केही दिनमै डिस्चार्ज गरिने बताइएको छ । यद्यपि उनका सबै अंगले पूर्ण रूपमा काम गर्न भने ६ महिना लाग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी