एजेन्सी।
कतिपय समुदायका बिहे संस्कार निकै अनौठो खालका छन् । यस्तै भारतको मध्यप्रदेश र छत्तिसगढका भित्री इलाकाहरुमा बस्ने गौड जनजातिको बिहे परम्परा अनौठो छ ।
गौड जनजातिको विवाहमा एउटा अनौठो परम्परा छ, जुन परम्पराको पालना नगरीकन बिहे सम्पन्न नै हुँदैन ।
उक्त परम्परा अनुसार बिहे समारोहमा बेहुलाले सुँगुर मार्दछ र मारेको सुँगुरको ताजा रगत पिउँदछ । बेहुलाले आफैंले मारेको जनावरको रक्तपान नगरेसम्म बिहे सम्पन्न हुँदैन ।
यसरी बेहुलाले मार्ने सुँगुर बेहुली पक्षको तर्फबाट ल्याइएको हुन्छ ।
सदियौँदेखि गौड जनजातिले यो परम्परा मान्दै आएका छन् । यो समुदाय निकै पिछडिएको समुदाय मानिन्छ भारतमा ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline