तपाइँको फेसबुक ह्याक भयो या अरुले चलाइरहेको छ ? यसरी थाहा पाउनुहोस्

तपाइँको फेसबुक ह्याक भयो या अरुले चलाइरहेको छ ? यसरी थाहा पाउनुहोस्

  • बिहिबार, बैशाख ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

फेसबुक आफैले प्रयोगकर्ताको अकाउन्टको सुरक्षाका लागि विभिन्न टुल्सहरु उपलब्ध गराएको हुन्छ ।

आफ्नो फेसबुक अकाउन्टमा कुनै शंकास्पद गतिविधि देखिएमा वा ह्याकिंगको आशंका भएमा पहिचान गर्नका लागि विभिन्न तरिकाहरु उपलब्ध रहेका छन् ।

यसका लागि तपसिलको विधि अबलम्बन गर्नुपर्दछः

१. फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस् ।

२. सेटिंग्स अप्सनमा क्लिक गर्नुहोस्

३. त्यहाँ रहेको सेक्योरिटी अप्सनमा क्लिक गरी General अप्सनभन्दा तल रहेको लगइन अप्सनमा क्लिक गर्नुहोस्

४. त्यहाँ तपाइँले आफ्नो फेसबुक कुन कुन ग्याजेटमा कुन समयमा लगइन भएको छ भन्ने पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको पूर्ण सूचिको जानकारी त्यहाँ हुन्छ, तपाइँले फेसबुक अकाउन्ट खोलेको दिनदेखिकै ।

५. यदि तपाइँले नचिनेको वा आफूले कहिल्यैपनि लगइन नगरेको डिभाइस पनि अकाउन्ट लगइन भएको डिभाइसको सूचिमा देखियो भने जान्नुहोस् कि तपाइँको फेसबुक अकाउन्ट अरु कसैले खोलेको छ । यसमा तपाइँको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यस्तो शंकास्पद डिभाइसको नामको छेउँमा रहेको तीनवटा थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको Not you नामक अप्सन
छान्नुहोस् ।

६. त्यसपछि फेसबुकले तपाइँको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ । र, आफ्नो अकाउन्टलाई सुरक्षित तथा बलियो कसरी बनाउने भन्ने बारेमा पूर्ण जानकारी प्रदान गर्नेछ । तपाइँले आफ्ना फेसबुक लगइन भएका डिभाइसहरुको नामको छेउँमा लगआउन अप्सन पनि देख्न सक्नुहुन्छ । साथै सूचिको अन्तिममा सबै डिभाइसबाट एकसाथ लगआउट गने अप्सन पनि हुन्छ ।

आफ्नो अकान्टलाई थप सुरक्षित बनाउन तपाइँ दुई तहको प्रमाणीकरण अर्थात् टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी