यौनरोग नभएका महिलाले मात्रै ड्राइभिङ लाइसेन्स पाउँने !

यौनरोग नभएका महिलाले मात्रै ड्राइभिङ लाइसेन्स पाउँने !

  • मङ्लबार, बैशाख ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

सवारी चालक अनुमतिपत्र लिनका लागि देशहरुका आ आफ्ना नियम हुन्छन् । तर महिलाले ड्राइभिंग लाइसेन्स लिनका लागि गाइनेकोलोजिस्ट अर्थात् स्त्री तथा यौन रोगको डाक्टरसँग चेकअप गराउनु पथ्यो भन्दा अचम्म लाग्न सक्छ ।

युरोपेली देश लिथुआनियामा महिलाले ड्राइभिंग लाइसेन्स पाउनका लागि लिखित परीक्षा, ड्राइभिंग एबिलिटी टेस्टसँगै गाइनेकोलोजी टेस्ट गर्नुपर्ने कानुन केही समयअघि सम्म प्रचलनमा थियो । स्त्री रोग डाक्टरले चेकअप गरेर निरोगिताको प्रमाणपत्र नदिएसम्म महिलाले चालक अनुमतिपत्र पाउँदैन थिए ।

तर अचम्ममा पुरुषका लागि चाहीँ यौनरोगको परीक्षण गर्नुपर्ने बाध्यता थिएन । उक्त विभेदकारी कानूनका सन्दर्भमा लिथुआनियाा पछिल्लो समयमा निकै बहस र विवाद भयो । डाक्टरहरुले एउटा तर्क दिने गर्दथे की महिलाहरुमा कतिपय यौनरोगहरुले लक्षण नै नदेखाइकन संक्रमण गरिरहेका हुन्छन् । त्यस्तो यौनरोगका कारण महिलाहरु सवारी चलाइरहेको बेला एक्कासी बेहोस हुनसक्ने जोखिम हुन्छ । त्यसैले सरीरमा लुकेर रहने त्यस्तो रोग भए नभएको एकिन गर्नका लागि पनि महिलाको यौनरोगको चेकजाँच गर्नुपर्दछ ।

तर डाक्टरहरुको यो तर्कसँग कोहीपनि सहमत हुन सकेन । अन्ततः त्यो विभेदकारी कानूनलाई हटाउन सरकार बाध्य भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी