रातारात ९ करोडको मालिक बने यी किशोर विद्यार्थी ! यस्तो छ कारण

रातारात ९ करोडको मालिक बने यी किशोर विद्यार्थी ! यस्तो छ कारण

  • बिहिबार, चैत्र ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी । भारतको उत्तरप्रदेशस्थित बाराबंकीको माध्यमिक विद्यालयमा पढ्ने एकजना किशोरको खातामा जब ५ करोड ५५ लाख भारु अर्थात् झण्डै ९ करोड रुपैयाँ ट्रान्सफर भएको मेसेज आयो । स्थानीय तेल डिपोमा सहायक प्रबन्धक रहेका नरेन्द्र शर्माका छोरा केशव शर्माको बैंक खातामा ५ करोड ५५ लाख ५५ हजार ५५५ भारु जम्मा भएको मेसेज मोबाइलमा आएको थियो ।

जुन विद्यार्थीको मोबाइलमा त्यो मेसेज आएको थियो, उनी आफै‌ले विश्वास गर्न सकिरहेका थिएनन् । उनले तत्कालै आफ्ना बुवालाई त्यो जानकारी गराए । उनका बाबुले तत्कालै अनलाइन मार्फत बैंकखाता चेक गर्दा त झण्डै मुर्छा परेका । उनको बैंक खातमा ५ करोड ५७ लाख ५५ हजार ५५५ भारु मौज्दात देखियो । वास्तवमा उनको खातामा पहिले नै १ लाख २६ हजार भारु मौज्दात थियो ।

उक्त रकम कसले ट्रान्सफर गरेको भनी स्थानीय बैंक शाखामा गएर बुझ्दा ठूलो रकम ट्रान्सफर भएको कारण बैंकले खाता रोक्का गरिदिएको जानकारी उनले पाए ।

आखिर त्यतिठूलो रकम आफ्नो बैंक खातामा कसले हालिदियो रु भनी शर्मा परिवार तिनछक परेका छन् । अहिले यस विषयमा बैंकले अनुसन्धान गरिरहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी