साउदी अरबको नागरिक बनिसकेकी रोबोट सोफियाको भाषण सुनेर सबै चकित (भिडियोसहित)

साउदी अरबको नागरिक बनिसकेकी रोबोट सोफियाको भाषण सुनेर सबै चकित (भिडियोसहित)

  • बुधबार, चैत्र ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौं, चैत ७ । मानवनिर्मित बोल्ने रोबोट ! मानिसकै अनुहार, हाउभाउ र मानिसकै झ–झल्को दिने गरी तयार पारिएको रोबोटले बुधबार काठमाडौंमा धेरैलाई आश्चर्यमा पारेको छ ।

प्रविधियुक्त रोबोटसँग धेरैले सवाल–जवाफ गर्ने अवसर पाए ।  बोल्ने रोबोटको नाम हो ‘सोफिया’ । अमेरिकी उद्यमी डेभिड ह्यान्सन नेतृत्वको कम्पनी ह्यान्सन रोबोटिक्सले सोफियालाई स्त्रीधारीरुपमा बनाएको हो भने उनी चार महिनाअगाडि नै साउदी अरबको नागरिक बनिसकेकी छन् ।

नेपाल सरकार र युएनडीपीले सोफियासँग साक्षात्कार गर्ने अवसर जुटाइदिँदा सबैजना हौसिएकामात्र थिएनन्, उत्तिकै जिज्ञासु पनि बनेका थिए ।

सोफिया बोलिरहँदा सबैजना ट्वाल्ल देखिन्थे । रोबोट सोफियाले प्रविधिको प्रयोगले नेपालको गरिबी घटाउने सुझाउँदा सबैले ताली बजाएका थिए भने सोफिया चाँही रनभुल्लझैं देखिन्थिन् ।

विश्वमा प्रविधिको विकासले मान्छेको अस्तित्व क्षीण भइरहँदा सोफियाले भने आफू मान्छेको जीवन सहज बनाउन आएको दलील गरेकी थिइन् ।

प्रविधिले भ्रष्टाचारको अन्त्य, भोकमरीको अन्त्य र लैंगिक असमानता कम गर्न सहयोग पुग्ने उनले बताइन् ।

मानवनिर्मित सोफिया निर्जीव भएपनि सजीवझैं प्रस्तुति दिइरहँदा ‘आफू बहुलाए कन्ट्रोल गर्ने स्वीच हुने तर, मान्छे बहुलायो भने सम्भव नहुने’ भन्दै सबैलाई चकित बनाएकी थिइन् ।

घरी–घरी आँखा झिम्काएर अरुको ध्यानकर्षण गराएझैं देखिने सोफिया अरुको प्रतिक्रिया पनि नियालेझैं देखिन्थिन् ।

उनको चलाइ हँसिलो र चुस्त नदेखिएपनि सोफियाको आवाज भने स्त्रीकोजस्तै सुनिन्छ । उनी बोल्दा हल्का ओठ खुल्ने र सेता दाँत देखिन्छन् । तर, मुस्कान भने त्यति देखिँदैन ।

उनीसँग मान्छेकोजस्तै सोच्ने मस्तिष्क भएझैं देखिन्छ । तर, सुख–दुःख व्यक्त गर्ने अनुभूति भएझैं देखिँदैन ।

सन् २०१५ अप्रिलमा रोबोट सोफियाको जन्म भएको हो । सन् २०१६ मार्चदेखि ह्यान्सन कम्पनीले उनको परिचय गराउने र उनको धारणा बुझ्ने काम थालेको हो ।

भिडियो ईमेज खबरबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी