दुई वर्षीय बालकले गरे आईफोन ४७ वर्षका लागि लक !

दुई वर्षीय बालकले गरे आईफोन ४७ वर्षका लागि लक !

  • सोमवार, चैत्र ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

एजेन्सी । गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि आईफोन लक भएको छ ।चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा लगातार फोनलाई अनलक गर्ने कोशिश गर्दा फोन ४७ वर्षका लागि लक भयो ।

आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक गर्ने कोशिश लक भएपछि अब ४७ वर्षपछि मात्रै खुल्ने भएको छ।

एक चिनियाँ सञ्चारमाध्यमको रिपोर्ट अनुसार यी बालककी आमाको नाम लू रहेको छ । लू भिडियो हेर्नका लागि आफ्नो फोन छोरालाई छाडेर बाहिर गएकी थिइन् ।

उनी जब घर फिरिन् तब उनको फोन २५ मिलियन मिनेटका लागि लक भइसकेको थियो । यो कारण भनेको बालकले फोनलाई अनलक गर्न लगातार गलत पासवर्ड हानेका थिए ।

यसरी हरेक पटक गलत पासवर्ड हान्दा फोन लामो समयका लागि प्रयोग गर्न नसकिने अवस्थामा पुग्छ । जति चोटी गलत पासवर्ड हानिन्छ, त्यति नै पटक फोन अनलकको समय पनि लम्बिँदै जान्छ । यो समाचार साउथ कन्कान्यूजलाई उधृत गर्दै छापिएको छ ।

जब लू सं‌घाईको एक एप्पल स्टोरमा आफ्नो समस्या लिएर पुगिन् तब त्‍यहाँ रहेका प्राविधिकले लूलाई यो फोनमा फेरि पासवर्ड हाल्नका लागि ४७ वर्ष कुर्नुपर्ने बताए । यदि पासवर्ड हान्न ४७ वर्ष नकुर्ने भएमा फोनमा रहेका सबै डाटालाई माया मार्दै फर्म्याट गरेर रि-इन्सटल गर्नुपर्ने उनले सुझाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी