यी हुन् घोडासम्बन्धी रोचक तथ्य !

यी हुन् घोडासम्बन्धी रोचक तथ्य !

  • आइतवार, चैत्र ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

जतिबेला यातायातका साधनको विकास भएको थिएन, त्यतिबेला सबैभन्दा सजिलो र चाँडो यात्राका लागि घोडा नै उपयुक्त माध्यम थियो ।

घोडा प्राचीनकालदेखि नै मानिसको निकै नजिकको साथी मानिन्छ । यसलाई निकै सुन्दर र बफादार जनावरकोरुपमा पनि लिइन्छ ।

घोÞेडामाथि लेखिएको पहिलो पुस्तक नाम ‘शालिहोत्र’ हो । यो पुस्तक महाभारतकालको समयमा लेखिएको मानिन्छ ।

घोडाको आयु झन्डै ३० वर्षको हुन्छ । तर, इंग्ल्यान्डमा एउटा घोडा ६२ वर्षसम्म बाँचेको थियो ।

संसारमा घोडाका १६० प्रजाति पाइन्छ । तीमध्ये अरबी घोडालाई विशेष मानिन्छ ।

जमिनमा रहने जनावरमध्ये घोडाको आँखा सबैभन्दा ठूलो हुन्छ । यो सानै उमेरदेखि दौडिन सुरु गर्छ । घोडाले मुखबाट कहिल्यैपनि सास लिँदैन ।

उठ्दाभन्दा बस्दा यसको धेरै शक्ति खर्च हुने गर्दछ । अफ्रिकाको जंगलमा अझैपनि जंगली घोडाहरुको सयौं झुन्ड पाइन्छ ।

एक आँकडाकाअनुसार विश्वमा घोडाको संख्या करिब ६ करोड रहेको अनुमान छ । यसलाई मानिसहरुले ५ हजार वर्षपहिलेदेखि नै घरपालुवा जनावरकोरुपमा पाल्दै आएका छन् ।

घोडाको बफादारिता यति छ कि यसले आफ्नो मालिकलाई कहिल्यैपनि भुल्दैन । कथंकदाचित आफूमाथि सवार मालिक लड्यो भने घोडाले कहिल्यैपनि कुल्चदैन ।

प्राचीनकालमा भारतवर्षका राजा–महाराजाहरुले अश्वमेघ यज्ञ गर्दथे, जुन घोडासँगै जोडिएको विषय थियो ।

सेनाले घोडाको प्रयोग सयौं वर्षदेखि गर्दै आएका छन् । पुराना राजाहरुको सवारीको साधन नै घोडा हुने गर्दथ्यो । घोडामै बसेर उनीहरु शिकार गर्न जान्थे ।

घोडा शाकाहारी प्राणी हो । यसको शक्ति यसरी पनि जान्न सकिन्छ कि यो नरोकिइकन घन्टौंसम्म दौडिनसक्छ । इन्जिनको शक्ति पनि ‘हर्ष पावर’मा नाप्ने गरिन्छ ।

पछिल्लो समयमा सवारीका आधुनिक साधनको विकास र विस्तारले घोडाको प्रयोग घट्दै गएपनि यसप्रतिको आकर्षण भने कायमै छ । –एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी