आकाशबाट अचानक सुन, हिरा लगायत बहुमूल्य धातु खस्यो…

आकाशबाट अचानक सुन, हिरा लगायत बहुमूल्य धातु खस्यो…

  • शुक्रबार, चैत्र २, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

रुस, चैत २ । आकाशबाट सुन, हिराजस्ता बहुमूल्य धातु वर्षिएको घटना सायदै आउने गर्दछ । तर रुसको एक विमानस्थलमा यस्तै घटना भएको छ । तर यसरी सुन, हिरा लगायतका बहुमूल्य धातु वर्षिनुमा कुनै अनौठो रहस्य नभई विमानमा भएको प्राविधिक गडबडी मुख्य कारण रहेको हो ।

एउटा कार्गो प्लेन उडान भर्नेबित्तिकै सुन, हिरा लगायतका बहुमूल्य धातु खसेको हो । विमानको ढोका अचानक खुलेपछि विमानबाट करिब ३००० किलो सुन, हिरा लगायत बहुमूल्य धातु खसेको बताइन्छ ।

विमानमा राखिएको कुल धातुको एक तिहाईभन्दा बढी हिस्सा त्यसरी खसेको अधिकारीहरुको भनाइ छ ।

समाचार एजेन्सीहरुका अनुसार खानीसम्बन्धी कम्पनीले ती धातु लैजान लागेका थिए ।

याकुस्क विमानस्थलमा सो घटना भएको हो । निम्बुस एयरलाइन्सको विमानबाट रनवेमा खसेको बहुमूल्य धातुका भिडियो र तस्वीर सोशल मिडियामा भाइरल बनेको छ ।

अधिकारीहरुका अनुसार ढोका खुलेपछि विमानलाई करिब १२ किलोमिटर पर एउटा गाउँमा आपतकालिन अवतरण गराइएको थियो । विमानका चालक दलका सदस्यहरु सुरक्षित रहेको बताइएको छ ।

विमानबाट खसेका धातुमध्ये कति फेला प¥यो र कति हरायो भन्ने प्रष्ट विवरण प्राप्त हुन सकेको छैन । विमानस्थलको रनवेलाई बन्द गरेर खोजीमा एउटा टोली नै परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी