चितवनमा केमिकल वैज्ञानिकहरुको अन्तर्रा्ष्ट्रिय सम्मेलन

चितवनमा केमिकल वैज्ञानिकहरुको अन्तर्रा्ष्ट्रिय सम्मेलन

  • बुधबार, फाल्गुन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

चितवन २३ फागुन ।
नेपालसहित विश्वका २० देशका केमिकल वैज्ञानिकहरुको अन्तर्रा्ष्ट्रिय सम्मेलन चितवनको सौराहामा हुने भएको छ ।

भोलि (बिहीबार)बाट शुरु हुने सम्मेलन तीन दिनसम्म चल्नेछ सम्मेलनको उद्घाटन नाष्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा २० देशका एकसय जना केमेस्ट्री वैज्ञानिकहरु र अन्य ५० जना अनुसन्धानको क्षेत्रमा काम गरिरहेका विद्यार्थीहरु सहभागी हुने जनाईएको छ । ‘केमेस्ट्री फर ससटेनेबल डेभलभमेन्ट’को नारासहित हुन लागेको सम्मेलनमा १७० वटा कार्यपत्र पेश गरिने बताईएको छ ।

केमेस्ट्रीको क्षेत्रमा विश्वका विभिन्न देशमा भैरहका अनुसन्धान, उपलब्धी एवम् त्यसको प्रबद्धन लगायतका विषयमा ज्ञानको आदानप्रदान गर्ने उद्धेश्य सम्मेलनको भएको नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्रा.डा. अमरप्रसाद यादवले जानकारी दिनु भएको छ ।

राजधानी काठमाण्डौं बाहिर भरतपुरको वीरन्द्र क्याम्पसमेतको आयोजनामा गर्न लागिएको सम्मेलनले रसायन शास्त्रको क्षेत्रमा नेपालको वर्तमान अवस्थाका बारेमा समेत छलफल हुने जनाईएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसका एमएसी संयोजक उपप्राध्यापक मनोज बिष्टले राज्यले रसायन शास्त्रको क्षेत्रमा अध्ययन र अनुसन्धानका लागि ठोस ध्यान नदिएको गुनासो गर्नुभएको छ ।

राज्यलाई यसको महत्वलाई बुझाउन एवम् नेपालमा भैरहेका अनुसन्धान र उपलब्धीहरुलाई जनताको जीवनसँग जोड्न यो सम्मेलन फलदायी हुने विष्टको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी