तीनवटा स्क्रिन भएको एलजीको स्मार्टफोन !

तीनवटा स्क्रिन भएको एलजीको स्मार्टफोन !

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एलजीले आफ्नो सबभन्दा ठुलो प्रडक्टलाई चाँडै लन्च गर्ने तयारी गरिरहेको छ । एलजीको यो स्मार्टफोन अहिलेसम्मकै अलग स्मार्ट हुनेछ । यो फोनको बिशेषता नै यसमा तीन स्क्रिन वाला डिस्प्ले रहने छ । खबरका अनुसार दक्षिण कोरियन कम्पनि एलजीले यो प्रोजेक्टको लागि लामो समय देखि काम गरिरहेको थियो र अहिले यसको सफल परिक्षण समेत भइसकेको छ । खबरका अनुसार यो फोनलाई जरुरतको हिसाबले फोल्ड पनि गर्न सकिने छ र तिनवटै स्क्रिनमा टच फेसीलिटि समेत रहने छ ।
बिभिन्न खबरहरुबाट प्राप्त जानकारीका अनुसार एलजीको यो स्मार्टफोनमा तीन स्क्रिन मध्ये एउटा मेन स्क्रिन रहने छ । युजरहरुले आफ्नो सुबिधा अनुसार दुइ स्क्रिनलाई बन्द पनि प्रयोग गर्न सक्नेछन् । यसका साथै प्रयोगकर्ताहरुले तिनवटै स्क्रिनलाई एकै पटक ठुलो स्क्रिनको रुपमा पनि प्रयोग गर्न सक्ने छन् । तीन स्क्रिनको मद्दतले फोनमा मल्टी टास्कीङ अझ सजिलो हुनेछ । अहिले सम्म कम्पनिले फोनको बारेमा कुनै पनि प्रकारको आधिकारिक घोसणा भने गरेको छैन् ।
यो भन्दा अघि चीनको स्मार्टफोन निर्माता कम्पनि जेडटिइले फोल्डएबल स्मार्टफोन जेडटिइ एक्सोन एम सार्वजनिक गरेको थियो ।उक्त जेडटिइ एक्सोन एम मा ५.२ इन्चको दुइवटा डिस्प्ले रहेको थियो । एलजीले तीनवटा स्क्रिन वाला डिस्प्ले भएको स्मार्टफोन सार्वजनिक गरे पश्चात: एलजीको यो फोन र जेडटिइको एक्सोन एम बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
एलजी कम्पनिले आफ्नो तीन स्क्रिन भएको स्मार्टफोन कहिले सम्म सार्वजनिक गर्ने भन्ने बारेमा आधिकारिक घोसणा भने गरेको छैन् । यसका साथै उक्त फोनका अन्य फिचरहरुका बारेमा समेत कुनै जानकारी प्राप्त भएको छैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी