अस्पतालकाे करिडोरमै जन्मियो बच्चा (फाेटो फिचर)

अस्पतालकाे करिडोरमै जन्मियो बच्चा (फाेटो फिचर)

  • शनिबार, माघ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी । अस्पतालको करिडोरमा बच्चा जन्माउँदाका अनौठो लाग्ने फोटोहरु एक अमेरिकी दम्पतीले सार्वजनिक गरेका छन्। गएको वर्ष जुलाईमा अमेरिकाको कान्ससस्थित रिलेकी जेसिका होगनले अस्पतालको बेडमा पुग्न ढिला भएपछि अस्पतालको करिडोरमा नै आफ्नो छैटौँ सन्तान जन्माएकी थिइन्।

होगनका यसअघि ५ सन्तान छोरी थिए। पहिलो छोरालाई अस्पतालको करिडोरमा जन्माउँदा  होगनका बर्थ फोटोग्राफर टमी करिनले खिचेका फोटो तथा भिडीयोहरु होगन दम्पतीले सार्वजनिक गरेका हुन्। उनले सो समयका आफ्ना अनुभुतीहरुलाई व्यक्त गरेकी छन्।

एक मात्र छोरा म्याक्सलाई होगनले म्यानहटनको भिया क्रिस्टी हस्पिटलको करिडोरमा जन्माएकी थिइन्।

केही दिनअघि नै अस्पतालले सुत्केरी गराउनका लागि कोगन दम्पतीलाई सूचना दिएको थियो। तर होगनले आफूले बच्चा जन्मने समयको बारेमा अनुमान नै गर्न नसकेकोले व्यथा लागेको पनि जानकारी दिन नसकेको बताएकी छन्। सोही कारण नै अस्पताल पुग्न ढिला भएको उनले बताइन्।

होगनलाई घरमै रहँदा मध्यरातमै व्यथा लाग्न सुरु भइ योनीबाट पानी बग्न सुरु भएको थियो। त्यसपछि उनका श्रीमान् ट्रभिसले उनलाई बिहान ३ बजेतिर मात्रै अस्पताल पुर्‍याएका थिए।

जब उनीहरु अस्पतालको करिडोरमा हिँड्दै थिए होगनले बच्चाको जन्म हुन लागेको सुूचना दिइन् र आफ्नो ट्राउजर खोलिन्। त्यसपछि उनी करिडोरमै सुतिन्,  त्यतिबेलासम्म शिशुको टाउको निस्किसकेको थियो।

तत्कालै होगनले आफ्ना श्रीमान् ट्रभिसलाई आत्तिदै भनिन्,‘ट्रभिस क्याच हिम!’
 (फोटोः डेलिमेल)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी