कन्चनपुर, पुस २९ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लागू गरेका नीतिका कारण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनु भएको छ ।
आज कन्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उहाले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा पुगेर उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताउनु भयो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका देउवाले त्यस विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिवासीको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो ।
उहाले आफ्नो नेतृत्वको सरकारले गत असोज २ गते कञ्चनपु क्षेत्रका १५ ओटा क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गरी आंगिक क्याम्पसकोरुपमा दरबन्दीसमेत स्वीकृत गरिसकेको स्मरण गर्दै आगामी दिनमा त्यस विश्वविद्यालय देशकै अग्रणी विश्वविद्यालयकारुपमा स्थापित हुने विश्वास व्यक्त गनुृभयो ।
कार्यक्रममा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण भएका २८२ जना विद्यार्थीलाई दीक्षितको प्रमाणपत्र प्रदान गरिएको थियो ।