घटना भएको अवस्थामा लगाईएका बलात्कार पीडित महिलाका कपडाको प्रदर्शनी !

घटना भएको अवस्थामा लगाईएका बलात्कार पीडित महिलाका कपडाको प्रदर्शनी !

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी ।

बेल्जियममा बलात्कार पीडित महिलाले घटना भएको अवस्थामा लगाएको कपडाको प्रदर्शनीको आयोजना गरिएको छ ।

महिलाहरुमाथि हुने बलात्कार तथा अन्य खाले यौनहिंसामा उनीहरुले लगाउने भड्किला पहिरनको पनि भूमिका रहने गरेको कतिपयको भनाई रहने गरेको अवस्थामा यस्तो मान्यतालाई तोड्नका लागि बेल्जियममा बलात्कार पीडित महिलाको कपडाको प्रदर्शनी गरिएको हो ।

ब्रसेल्सको मोलेनबिक जिल्लामा आयोजित उक्त प्रदर्शनीको ‘इज इट माई फल्ट ?’ अर्थात् ‘के यो मेरो गल्ती हो ?’ भन्ने नाम दिइएको छ ।

ट्रयाकसूट, पाइजामा, पाइन्ट लगायतका कपडाहरु प्रदर्शनीमा छन् । बलात्कार पीडित महिलाहरुले नै दिएका कपडाहरु प्रदर्शन गरिएको आयोजकको भनाई छ ।

पीडित सहायता समूह सि ए डब्ल्यू इस्ट ब्रबेन्टको आयोजनामा प्रदर्शनी भएको हो । बलात्कार पीडिताले लगाएका पहिरनहरु निकै सामान्य हुने गरेको भन्दै आयोजक लिसवेथ केन्सले भनिन् , जो सबै आम महिलाले लगाउँछन् ।

प्रायः यौन हिंसाका घटनामा पीडित महिलालाई नै दोष लगाउने गरिएको भन्दै उनले आफुमाथिको यौन उत्पीडनका लागि उनी आफै जिम्मेवार छन् भन्ने गरिएको बताईन् ।

पीडित महिलाहरुमाथि उत्तेजक कपडा लगाएको, रात अबेरसम्म घरबाहिरै रहने गरेको, केटाहरुसँग जिस्किने गरेको जस्ता आरोप लगाउने गरेको केन्सको भनाई छ । बीबीसीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी