अब चेलीबेटी खोज्न मोबाइल एप, अमेरिकी कम्पनीले दियो १० करोडको उपहार

अब चेलीबेटी खोज्न मोबाइल एप, अमेरिकी कम्पनीले दियो १० करोडको उपहार

  • शनिबार, पुस ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौं, पुस ८ । हराएका, बेश्याबृत्ति र बेचविखनमा परेका पीडितको तत्काल खोजीका लागि पहिलोपटक मोबाइल एप सुरु गरिएको छ ।

माइती नेपालले शुक्रबारदेखि थालेको एपबाट नेपालका जुनसुकै सीमा नाकाबाट भारत वा तेस्रो मुलुकमा गैरकानुनी रुपमा जान लागेका, बेचविखनमा पर्न लागेका बालबालिका र चेलीबेटी तुरुन्त पत्ता लाग्नेछ ।

अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी आउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रधान गरेको हो ।

एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक सफ्टवेयर र सर्भर उपलब्ध गराएपछि हराएका चेलीबेटी खोज्ने कार्य सहज हुने भएको हो ।

अन्तराष्ट्रिय बजारमा सफ्टवेयरसहितको खोजी मोबाइल एपको मुल्य करिब १ मिलियन अमेरिकी डलर अर्थात १० करोड नेपाली रुपैंयाँ बराबरको भएको नाउट्रिकिट इन्क कम्पनीका प्रबन्ध निर्देशक प्रमुख कार्यकारी अधिकृत समीर पन्थीले जानकारी दिए । -राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी