६ वर्षीय बालकको कमाइ १ अर्ब १२ करोडभन्दा बढी ! दैनिक कति कमाउछन् ?

६ वर्षीय बालकको कमाइ १ अर्ब १२ करोडभन्दा बढी ! दैनिक कति कमाउछन् ?

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, मंसिर २८ । ६ वर्षका अमेरिकन बालकले काम गरेर १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी कमाएका छन् भन्दा कमैलाई विश्वास लाग्न सक्छ ।

तर, अमेरिकामा आफ्नो आमाबाबुसँग बसिरहेका रेयान नाम गरेका ६ वर्षीया बालकले ‘यूट्युब च्यानल’मा खेलौनाहरुको समीक्षा गरेर अहिलेसम्म ११ मिलियन डलर (करिव १ अर्ब १२ करोड रुपैयाँ) कमाइसकेका छन् ।

ती बालकले बजारमा आएका नयाँ खेलौनाहरुको समीक्षा गरिएको भिडियोहरु उनको ‘यूट्युब च्यानल’मा अहिलेसम्म करौडौं मानिसहरुले हेरिसकेका छन् । उनले ‘रेयान टोयजरिव्यू’ नामक ‘यूट्यूब च्यानल’ चलाउँछन् । उनले आफ्नो च्यानलमार्फत दर्शकहरुलाई खेलौनाको संसारमा लैजान्छन् ।

‘फ्रोब्स म्यागजिन’ले सन् २०१७ मा संसारभरी सबैभन्दा बढी रकम पारिश्रमिक लिने सेलिब्रेटीको सूचीमा रेयानको नामसमेत समावेस गरेको छ ।

यति धेरै चर्चीत भएपनि उनको परिवारले रेयानबारे धेरै जानकारी अहिले नै सार्वजनिक गर्न नचाहेको बताएका छन् ।

केहि महिनाअघि रेयानको आमाले ‘वाशिंगटन पोष्ट’लाई दिएको अन्तर्वातामा उनले भनेकी छन्, ‘रेयान तीन वर्षको हुँदा यूट्यूब च्यानल खोल्ने योजना आएको थियो, जब रेयान बजारमा आएको नयाँ खेलौना खेल्दै कुन खेलौना कस्तो छ भनेर हामीलाई सुनाउँथ्यो ।’

रेयानको आमाका अनुसार रेयान सानैदेखि खेलौनासम्बन्धि टेलिभिजन कार्यक्रम हेर्ने गथ्र्यो । एकदिन रेयानले आफ्नो आमालाई अरुले जस्तै म पनि किन यूट्यूबमा नदेखिएको भनेर सोधेपछि खेलौनाको पसलमा गएर ‘लिगो ट्रेन’ किनेको र त्यहि खेलौनाबाट ‘यूट्यूब च्यानल’ सुरु गरेको उनको आमाले बताइन् ।

‘बीबीसी’का अनुसार रेयानले परिवारको सहयोगमा सन् २०१५बाट उक्त ‘यूट्यूब च्यानल’ सुरु गरेका थिए । एक वर्षमै उनको च्यानल हेर्ने दर्शकको संख्या १६ अर्बभन्दा बढी पुगेकोे छ भने उनको एउटै भिडियो ८० करोडभन्दा बढी मानिसहरुले हेरिसकेका छन् । त्यस्तै, १० लाखभन्दा बढी मानिसहरुले उनको च्यानल ‘सब्स्क्राइब’ गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी