जोशमा बाजी थाप्दा २० वर्षकी युवतीलार्इ यस्तो आपत् (पढ्नुहाेस्)

जोशमा बाजी थाप्दा २० वर्षकी युवतीलार्इ यस्तो आपत् (पढ्नुहाेस्)

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी । अमेरिकामा एकजना युवतीले क्रिसमस आउँदै गर्दा अति उत्साहित भएर  अनौठो पहिरनसहितको आफ्नो एक तस्वीर ट्वीटरमा शेयर गरिन् ।

युनिभर्सिटी अफ अलाबामामा अध्ययनरत् २० वर्षकी केल्सी हल नामकी ती युवतीले उक्त तस्वीर १ हजारपटक रिट्विट भएमा आफू ६ महिनासम्म सोही पहिरनमा रहने वाचा उनले गरिन् । जुन वाचा अन्ततः उनले पूरा गर्नुपर्ने भएको छ ।

केल्सी क्रिसमसको तयारीलाई लिएर अलिक बढी नै उत्साहित भइछन् । उनले इन्टरनेटमा क्रिसमस ट्री जस्तो ड्रेस पहिरिएको आफ्नो तस्वीर खिचाएर ट्वीट गर्दै त्यो बाजी थापेकी थिइन् । उनको बाजीमा कुनै समस्या थिएन, तर उनको पहिरनमा समस्या थियो । किनकि सोही पहिरन ६ महिनासम्म लगाइरहन साच्चीकै गाह्रो छ ।

केल्सीको त्यो च्यालेन्जलाई ट्वीटेहरुले निकै इन्ज्वाइ गरे र यति धेरै रिट्विट गरे कि त्यसले छिटै नै एक हजारको आँकडा पार गर्यो । ३ दिनमै उनको त्यो फोटो ३३ हजारपटक रिट्विट गरियो र अहिले ५५ हजार नाघिसकेको छ । यसले केल्सीलाई समस्यामा फसाइदिएको छ । अब उनी आउँदो ६ महिनासम्म क्रिसमस ट्रीको पहिरनमा कलेज जानुपर्नेछ ।

अहिले उनी सोही गेटअपटमा कलेज जान थालेकी छन् । वर्षा तथा हिमपातमा यस्तो कपडा लगाएर हिँड्दा आफुलाई निकै गाह्रो भइरहेको उनले बताएकी छन् । कलेजमा चाहिँ उनी आकर्षणकी केन्द्र बनेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी