विश्वको विवादीत र शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्मको बच्चा बेलाको आदत र बानीका बारेमा यस अघि चर्चा भएको थियो । उनले एकै पटकमा ५० दाना सुन्तला खानेदेखि स्कुले जीवनमा गरेका जिद्धी व्यवहारबारे सार्वजनिक भएको थियो ।
अहिले उनको दिनचर्याबारे फेरी एक पटक मिडियाहरुमा समाचार आएका छन् । ट्रम्म सबै भन्दा बढी टिभी हेर्न मन पराउने उनको सचिवालय स्रोतले उल्लेख गरेको छ । उनी राष्ट्रपति निवासमा बिहान साढे ५ बजे उठ्ने वित्तिकै सिएनएन टिभी हेर्ने गरेको र त्यस पछि अरु टिभी पनि हेर्ने गरेको जनाईएको छ ।
सिएनएनलाई उनले झुट्टो समाचार प्रशारण गर्ने टिभी बताउदै आएका छन् । तर उनले भने आफू पढ्न बढी मन पराउने गरेको बताएका छन् । न्यूयोर्क टाईम्सले यो खबर उल्लेख गरेको छ । उनले आफूलाई ट्वीटर चलाउन मन नलागे पनि बईमान मिडियाहरु विरुद्ध जवाफ दिन सकियोस भनेर ट्वीट गर्ने गरेको बताएका छन् ।