कप्म्यूटर स्क्रिनमा धेरै समयसम्म हेर्दा टाउको दुख्छ ? जान्नुहोस्, कारण र बच्ने उपाय

कप्म्यूटर स्क्रिनमा धेरै समयसम्म हेर्दा टाउको दुख्छ ? जान्नुहोस्, कारण र बच्ने उपाय

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

आधुनिक समयमा कम्प्यूटर र ल्यापटप मानिसको जिन्दगीको अभिन्न भाग बनेको छ । यसको बिना अब सायद जिन्दगीको कुनै कल्पना गर्न सकिदैन होला । नेट सर्फिंग, ईमेल गर्न, सोशल मीडियाको प्रयोगको लागि र भिडियो गेम्स खेल्नको लागि यसको प्रयोग गर्ने गरिन्छ । लगातार कम्प्यूटरको स्क्रिनमा आँखाले हेरेर बस्दा धेरै समस्याबाट पीडित हुनुपर्ने अवस्था उत्पन्न हुन्छ । अफिसमा दिनभर कम्प्यूटरको नजिक बसिरहनु पर्ने मानिसलाई प्रायजसो आँखा सम्बन्धी समस्या वा टाउको दुख्ने समस्या देखिएको छ ।

किन दुख्छ टाउको ?
जब हामी कम्पूटरको स्क्रिनमा लगातार हेरिरहेका हुन्छौँ, यस अवस्थामा हाम्रो मस्तिष्कले स्क्रिनको चित्रलाई हेर्नका लागि आँखाको मसल्सलाई लगातार समायोजित गरिरहन्छ । यस सङ्घर्ष र मेहेनतको कारणले कुनै-कुनै बेला टाउको दुख्ने समस्या उत्पन्न हुन्छ । यसको साथै जुन मानिसहरू कुर्सीमा बसेर कम्पूटरमा काम गर्दछन्, उनीहरूको बस्ने अवस्थाले पनि टाउको दुख्ने कारण हुन्छ । यदी तपाईको बस्ने आसन ठिक छैन भने तपाईको घाँटीको पछाडी दुखाई शुरू हुन्छ । घाँटीको यही दुखाई पछि टाउको दुख्ने कारण बन्छ । कम्प्यूटरबाट निस्कने विद्युत चुम्बकीय तरंग पनि टाउको दुख्ने प्रमुख कारण हो ।

बच्ने उपाय
कम्प्यूटरको कारणले टाउको दुख्ने समस्याबाट बँच्नको लागि आफ्नो कम्प्यूटरको ब्राइटनेसलाई सही तरिकाले प्रयोग गर्नुपर्दछ । यसले आँखालाई थोरै पनि असुविधाजनक हुनुहुँदैन । टेक्स्टको साइज बढाउनाले आँखाले यसलाई पढ्नका लागि धेरै मेहेनत गर्नुपर्दैन । यसबाट पनि टाउको दुख्ने समस्या कम गर्न सकिन्छ । कम्पूटरको स्क्रिनलाई लगातार हेर्नबाट बँच्नु पर्दछ । यसको लागि हरेक २० मिनेट पश्चात् स्क्रिनबाट आँखा हटाउनुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी