राती साढे २ बजे पलङमुनि हेर्दा श्रीमतीकाे प्रेमि देखेपछि…..

राती साढे २ बजे पलङमुनि हेर्दा श्रीमतीकाे प्रेमि देखेपछि…..

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी । श्रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे पलङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङमुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लुकिरहेको भेट्टाए । बेडरुममा श्रीमतीका प्रेमी भेट्टाएपछि उनी रिसले आगो भए । उनले प्रेमीलाई त्यहीँ मरणासन्न हुनेगरी कुटे । हल्लाखल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका प्रेमीलाई एउटा कोठामा थुनिदिए ।

भारतको बिहार कटिहार जिल्लामा यस्तो विचित्रको घटना भएको हो । मंसुर नाम गरेका ती व्यक्तिकी पत्नी फरिदा खातुन पाँच बच्चाकी आमा हुन् । केही समय अघिदेखि फरिदाको गाउँकै मोहम्मद मासूम नामका युवकसँग प्रेम सम्बन्ध चलिरहेको बताइएको छ । मंसुरले यसअघि पनि आफ्नी श्रीमतीलाई प्रेमीसँग आपत्तिजनक हालतमा भेट्टाएका थिए । त्यतिबेला उनले अबका दिनमा यस्तो नगर्ने चेतावनी दिएर छोडेका थिए । तर, ती दुईले त्यसपछि पनि लगातार भेटिरहे ।

मंसुरको घरमा पाँच कोठा छन् । फरिदाले आफ्ना छोराछोरीलाई अर्कै कोठामा सुताएर आफू श्रीमान्सँग सुत्ने गर्थिन् । श्रीमान् र परिवार निदाएपछि उनले रातीमा आफ्ना प्रेमीलाई घरमै बोलाउँथिन् । मंगलबार पनि यस्तै भएको थियो । फरिदासँग भेट्न उनका प्रेमी मासूम उनको बेडरुममै पुगेका थिए । त्यही बेला उनका श्रीमान्ले ढोका ढक्ढक्याए । डराएका मासुम बेडमुनि लुके । तर मंसुरलाई निद्रा लागेन । त्यही कारण बेडमुनि सुतेका मासूम पनि भाग्न पाएनन् । घटनापछि गाउँमा पञ्चायत बोलाएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी