संसारको सबैभन्दा अग्लो लिफ्ट, डेढ मिनेटमा माथि पुगिने

संसारको सबैभन्दा अग्लो लिफ्ट, डेढ मिनेटमा माथि पुगिने

  • बुधबार, मंसिर १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सी । संसारमा नयाँ नयाँ प्रविधिहरू उत्पादन भइरहेका छन् । त्यसमाथि चीनले त झन् नयाँ प्राविधिक चमत्कार गर्नमा नाम नै बनाएको छ ।

चीनको हुनान प्रान्तको बाइलंग एलेभेटर संसारको सबभन्दा अग्लो आउटडोर लिफ्ट हो । पहाडको फेदबाट टुप्पोसम्म पुग्नका लागि यो लिफ्ट उपयोग हुन्छ । यसमा बसेर अद्भुत प्राकृतिक दृश्यहरू हेर्दै टुप्पोमा पुग्न सकिन्छ ।

यो लिफ्ट ३२६ मिटर अर्थात् एक हजार ७० फीट अग्लो छ । गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा यो संसारको सबभन्दा अग्लो आउटडोर लिफ्टका रूपमा दर्ता गरिएको छ ।

लिफ्टमा डबल डेक एलेभेटर लगाइएको छ र हरेक एलेभेटरको भारवाहन क्षमता चार हजार ९०० किलोग्राम छ । सबभन्दा महत्त्वपूर्ण कुरा यो लिफ्ट चढेर तलबाट माथि पुग्न १ मिनेट ३२ सेकेन्ड लाग्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी