अध्ययन र भ्रमणमा खर्चको लागि २९ लाख डलरमा कुमारीत्व लिलाम !

अध्ययन र भ्रमणमा खर्चको लागि २९ लाख डलरमा कुमारीत्व लिलाम !

  • मङ्लबार, मंसिर ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी । अध्ययन र भ्रमण खर्चको लागि एकजना अमेरिकी मोडलले आफ्नो कुमारीत्व २९ लाख अमेरिकी डलरमा बेचेको बताएकी छन् । १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा आफ्नो कुमारीत्व बेचेको र उक्त रकम आफ्नो अध्ययन र भ्रमण खर्चमा प्रयोग गर्नै बताउँदै ‘सपना पुरा भएको’ बताएकी हुन् ।

एक अन्तर्राष्ट्रिय जर्मनको कम्पनि ‘सिन्ड्रेला एस्र्कोट’मार्फत उनले आफ्नो कुमारीत्व २५ लाख यूरो (२९ लाख अमेरिकी डलर)मा बेचेकी हुन् । अन्तर्राष्ट्रिय सन्चारमाध्यम ‘द मिरर’का अनुसार ती युवतीको कुमारीत्व लिलामीमा अबूधाबिका एक ब्यापारीले ४ लाख अमेरिकी डलर प्रस्ताव गरेका थिए । तर, एकजना हलिउड कलाकार र अर्का रुसी नेताले त्योभन्दा बढी रकम तिर्न तयार भएका थिए ।

आफ्नो कुमारीत्व लिलाम भएपछि गिसेलाले भनेकी छन्, ‘मेरो विचारमा कुमारीत्व लिलाम गर्ने चलन स्वतन्त्र उपाय हो । यो समाजिक र आर्थिक स्वतन्त्रताको उपयोग पनि हो ।’ उनले कुमारीत्व लिलाम गर्ने अवसरको विरोध गर्ने मानिसहरुदेखि झट्का लाग्ने गरेको बताइन् ।

गिसेला भन्छिन्, ‘म पहिलोपटक कुनै ब्यक्तिसँग जान चाहान्छु जुन मरो पहिलो प्रेम होइन, त्यो मेरो निर्णय हो ।’अर्को सन्चारमाध्यम ‘स्पुतनिक’का अनुसार उनले आफ्नो कुमारीत्वको यति धेरै रकम आउँछ भन्ने कुरा सोचेकी थिइनन् । उनले सार्वजनिक गरेको भिडियो दृष्यमा कुमारीत्व लिलाम गर्ने विचार आफ्नो नीजि भएको बताएकी छन् ।

उनले सुरक्षित र खरिद गर्ने ब्यक्तिले रकम तिर्ने आधारको लागि जर्मन ‘सिन्ड्रेला एस्र्कोट’ कम्पनिमार्फ लिलाम गरेको बताएकी छन् ।

उक्त कम्पनिले खरिदकर्ताको गोपनियता र ती युवतीको सुरक्षाको लागि मिटिङमा हतियारसहित सुरक्षाकर्मी परिचालन हुने उल्लेख गरेको छ । उक्त कम्पनिले यसैवर्षको सुरुवाततिर १८ वर्षीया रोमानियन मोडल एलेक्ज्यान्ड्रा खेफ्रेनको कुमारीत्व २३ लाख यूरोमा हङकङका एक व्यापारीलाई लिलामीमा बेचेको जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी