यी बानीले बिग्रन सक्छ तपाईको किड्नी !

यी बानीले बिग्रन सक्छ तपाईको किड्नी !

  • शनिबार, कार्तिक २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

१. पानी कम पिउने किड्नी सम्बन्धी रोग र किड्नी फेल हुने समस्या पूरै विश्वमा तेजीसाथ फैलिएको छ । हरेक वर्ष १ लाख भन्दा बढी मानिसहरुको किड्नी फेल भएर मृत्यु हुने गरेको छ । यस्तोमा किड्नीको रोग देखा पर्नासाथै डायलिसिस गरिहाल्नुपर्छ । यदि रोग अत्याधिक बढेर गम्भीर अवस्थामा पुगेमा किड्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यसको मुख्य कारण तपाईको पानी कम पिउने बानी पनि हो । पानी कम मात्रामा पिउने व्यक्तिलाई किड्नी सम्बन्धी रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ ।पानी कम पिउँदा मूत्रनलीमा संक्रमण हुने खतरा अधिक हुन्छ । जसले पोषक तत्वहरु मूत्रनलीमा पुगेर पिसाबलाई थुन्न सक्छ । साथै यसका कारण किड्नीमा स्टोन हुने खतरा समेत बढेर जान्छ । त्यसैकारण दिनमा कमसेकम २ लिटर पानी अनिवार्य पिउने गर्नुपर्छ ।

२. धुम्रपान एवम् तम्बाकू सेवन अत्याधिक धुम्रपान एवम् तम्बाकूको सेवन गर्ने बानीका कारण कतिपय मानिसलाई फोक्सोसम्बन्धी गम्भीर रोग लागेको हुन्छ । यसका कारण ऐथेरोस्कलेरोसिस रोग पनि लाग्न सक्छ जसले रक्त नलीमा रगतको बहावलाई ढिलो पारिदिन्छ र यसका कारण किड्नीमा कम रगत जाने हुन्छ । यसले किड्नीको कार्यक्षमता घटाउँछ । यसैकारण धुम्रपान र तम्बाकू सेवन गर्नु किड्नीका लागि पटक्कै राम्रो होइन ।

३. बिहान पिसाब नफेर्नु रातभरिमा पिसाबथैलीभरि पिसाब जम्मा भएको हुन्छ जसलाई उठ्ने बितिक्कै खाली गर्न जरुरी छ । तर पनि कतिपय मान्छेहरु अल्छी गर्ने बानी भएका कारण उठ्न अल्छी गरेर पिसाब नफेरि बस्ने गर्छन् । धेरै समयसम्म त्यसरी पिसाब रोकेर राख्दा यसले भविष्यमा किड्नीमा ठूलो समस्या देखा पर्ने खतरा हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी