अण्डा बिग्रिएको छ कि छैन ? यसरी थाहाँ पाउनुहोस्

अण्डा बिग्रिएको छ कि छैन ? यसरी थाहाँ पाउनुहोस्

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

अक्सर हाम्रो भान्सामा पाक्ने अण्डा खरिद गर्दा त्यो बिग्रिएको छरछैन भन्ने कुराको हेक्का हामीलाई नहुनसक्छ ।तर तपाईले थोरै समय निकाले घरेलु उपायद्धारा नै जाच्नुभयो भने सहजै थाहाँ पाउन सकिन्छ ।

चिसो पानीमा डुबाउनुस्

अण्डालाई चिसो पानी राखेको कचौरामा हाल्नुस् । पानीको मात्रा अण्डाभन्दा दोब्बर हुनुपर्छ । ताजा अण्डा पानीमा डुब्छ र कचौराको भित्तामा टाँसिन्छ ।

अण्डा केही पुरानो छ भने न पूरा पानीमा डुब्छ, न पूरै उत्रिन्छ । एक साता पुरानो अण्डा यस्तो हुन्छ । यस्तो अण्डा छिटो खाइहाल्नुपर्छ ।

अण्डाको पातलो भाग तल र मोटो भाग बाहिरतिर रह्यो भने यसको अर्थ अण्डा कम्तिमा तीन साता पूरानो हो ।

यदि अण्डा पानीको सतहमा तैरिन लाग्यो भने बुझ्नुस् अण्डा खराब भइसकेको छ । यस्तो अण्डा खानु हुँदैन ।

हल्लाएर हेर्नुस्

अण्डालाई कान अगाडि लैजानुस् र हल्लाउनुस् । यदि आवाज आयो भने बुझ्नुस् अण्डा बिगि्रसकेको छ । कुनै आवाज आएन भने खानयोग्य हुन्छ ।

कतै भ्रुण त बनेन ?

अण्डामा भ्रूणको विकास भएको हुन सक्ने डर धेरैलाई हुन्छ । तर, ठूलो परिमाणमा हुने अण्डा उत्पादनमा कुखुरा कुखुरीको सम्पर्कमा हुँदैनन् ।

सानो र्फममा भने कुखुरा र कुखुरीबीच सम्पर्क भएको हुन सक्छ । र, अण्डामा भ्रुणको विकास भएको हुन सक्छ ।

चिसो अण्डामा कुनै प्रकारको निषेचन हुँदैन । दुवै प्रकारका अण्डामा पौष्टिक तत्व समान हुने भएकाले यसको सेवनमा कुनै जोखिम हुँदैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी