कम्प्युटरमा खतरनाक भाईरसको आक्रमण , लगईन गर्न प्रयोकर्तासँग नग्न तस्वीरको माग

कम्प्युटरमा खतरनाक भाईरसको आक्रमण , लगईन गर्न प्रयोकर्तासँग नग्न तस्वीरको माग

  • मङ्लबार, अशोज १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

एजेन्सी ,असोज १० ।

‘एन रेन्समवेयर’ नाम गरेको नयाँ भाईरस पत्ता लागेको छ ।  जसले कम्प्युटरमा आक्रमण गरेपछि प्रयोगकर्तासँग उसको नग्न तस्वीर माग गर्दछ ।

साइबर सुरक्षासँग सम्बद्ध कम्पनी मालवेयर हन्टरले पत्ता लगाएको भाइरसले आक्रमण गरेपछि कम्प्युटरका सबै सिस्टम ब्लक गर्दछ । कम्प्यूटर खोल्नासाथ ह्याकरको एउटा सन्देश देखिन्छ, जसमा कम्प्युटर ‘लक’ गरिएको र एउटा खास कोडले मात्र खोल्न सकिने उल्लेख हुन्छ ।

स्क्रिनमा जारी सन्देशमा एउटा ईमेल आइडी पनि हुन्छ । सन्देशमा लेखिएको हुन्छ– ‘हामी तत्काल प्रतिक्रिया जनाउँदैनौं तर जब हामी प्रतिक्रिया जनाउँछौं, तपाईले आफ्नो १० वटा नग्न तस्वीर पठाउनुपर्ने हुन्छ । त्यसपछि तपाईले उक्त तस्वीर आफ्नै भएको प्रमाणित गर्नुपर्ने हुन्छ । त्यससपछि मात्र हामी तपाईलाई अनलक कोड दिनेछौं ।’

मालवेयरको जाँच गर्ने ‘भाइरस टोटल’ र ‘हाइब्रिड एनालासिस’ जस्ता टुल्सले एन रेन्सम भाइरसलाई निकै खतरनाक श्रेणीमा राखेको छ ।

साइबर सुरक्षा विशेषज्ञ जोन स्नोका अनुसार यो भाइरसले कम्प्युटर फाइललाई ‘लक’ गर्दैन तर कम्प्युटरमा प्रयोगकर्ताको पहुँचलाई नै बन्द गरिदिन्छ । एक रुसी कम्पनीका अनुसार यो भाइरसले विन्डोज प्रयोगकर्तालाई असर पुर्‍याउँदै आएको छ ।

ह्याकरले कम्प्यूटर प्रयोगकर्ताको नग्न तस्वीर किन मागे भन्नेबारे अनुमानमात्र गर्न सकिने विज्ञहरु बताउँछन् । पीडितलाई सामाजिक रुपमा लाजमर्दो बनाएर उनीहरुबाट आर्थिक लाभ लिने उद्देश्यले ह्याकरले यस्तो कदम चालेको हुन सक्ने उनीहरुको अनुमान छ ।

स्नोका अनुसार कम्प्युटरमा भाइरसले आक्रमण गरे पनि त्यस प्रकारको फिरौती दिनु हुँदैन । केस्पार्की नामक कम्पनीले फिरौती दिएपछि पनि ह्याकरले प्रयोगकर्ताको कम्प्युटर सिस्टम पुरानै अवस्थामा फर्काउने कुनै ग्यारेन्टी नहुने बताएको छ ।

यो भाइरसबाट बच्नका लागि कुनै अपरिचित लिंकमा नजान विज्ञहरुले सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी