काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन

काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

 

बनेपा, ३० भदौ । काभ्रेपलाञ्चोकको कोशीपारि र महाभारत श्रृंखला डाँडापारीका विभिन्न गाउँपालिकामा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन ।

जमिनको भौगोलिक बनावट र त्यस क्षेत्रमा बिटीएस टावर नभएका कारण इन्टरनेटको पहँुच पुग्न नसकेको नेपाल टेलिकम, बनेपा शाखाले जानकारी दिएको छ ।

जिल्लाको कोशीपारि चौरीदेउराली गाउँपालिका, मादनकुडाँरी, सलम्बु, नार्गे गर्गचेलगायतका क्षेत्रमा इन्टरनेटको पहुँच छैन भने डाँडापारिस्थित महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकालगायतको दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच नहँुदा स्थानीयले झण्झट ब्यहोरेका छन् ।

इन्टरनेटको पहुँच पु¥याउन कतिपय स्थानमा सर्वे भइरहेको र समयमा काम सम्पन्न नभएका कारण पनि इन्टरनेटको पहँुच कायम गर्न कठिनाइ भएको प्राविधिकले जनाएका छन् । डाँडापारि र खानीखोलाको केही क्षेत्रमा मोबाइलमा कुरा भएपनि इन्टरनेटको पहुँच नभएको बताइएको छ । वाइमेक्स, सिडिएमए, जिएसएम प्रविधिबाट उपभोक्ताले इन्टरनेटको सुविधा प्रयोग गरेका छन् तर यसमा पनि सबैभन्दा बढी जिएसएम प्रविधिबाट इन्टरनेट चलाउने छन् ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले दुर्गम क्षेत्र भएका कारण इन्टरनेटको पहुँच पु¥याउन कठिनाइ भएको उल्लेख गर्दै भूकम्पप्रभावित चार जिल्लालाई प्राथमिकतामा राखेर ब्रोडब्याण्ड पु¥याउने परियोजनाअन्तर्गत काम भइरहेको बताउनुभयो ।

उहाँले काभ्रेपलाञ्चोकका सबै ठाउँमा इन्टरनेटको पहुँच पु¥याउन बिटीएस टावर निर्माण र उपकरण जडानको काम पनि भइरहेको उल्लेख गर्दै अब इन्टरनेटको पहुँच नभएको स्थानमा पनि छिट्टै इन्टरनेट चल्छ भन्नुभयो ।

चौरीदेउराली गाउँपालिका–२ नार्गे गर्गचेका राजीव मोक्तानले इन्टरनेट सहज नभएका कारण निजी प्रदायक संस्था एनसेलको भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा इन्टरनेटसम्बन्धी काम नै नहुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी