घटना चीनको हो । एउटी आमाले जन्मिएको केही दिनमै आफ्नी छोरीलाई कुरिअर गरिदिएकी छिन् । चीनको सिचुआन प्रान्तमा ती आमाले नवजात बच्चीलाई प्लास्टिक ब्यागमा प्याक गरेर अनाथालयमा कुरिअर गरिदिएकी हुन् । त्यो ब्यागमा पठाउने व्यक्तिको नाम फर्जी लेखेकी थिइन् ।
कुरिअर ब्वायका अनुसार ती महिलाको सामान लिनुअघि एकपटक परीक्षण गर्न चाहेका थिए । तर, महिलाले परीक्षण गर्न नपर्ने भन्दै हतारमा उम्कने प्रयास गरेकी थिइन् । महिलाले परीक्षण गर्न नमानेपछि ती व्यक्ति ब्याग बोकेर अनाथालय हिँडेका थिए ।

बिच बाटोमा पुग्दै गर्दा ब्यागभित्र सामान चलमलाएजस्तो गरेपछि उनलाई कौतुहल लाग्यो । केहीबेरमै बच्चा रोएको आवाज सुने । तत्काल प्रहरीलाई खबर गरे । प्याकिङ खोल्दा त भित्र नवजात बालिका भेटे ।
चिनियाँ अनलाइनहरुमा जनाइएअनुसार कुरिअर ब्वायले शंका लागेपछि तत्काल प्रहरीलाई सूचना दिए । उनले बताएको हुलियाकै आधारमा पुलिसले महिलालाई पनि केहीबेरमै नियन्त्रणमा लियो । बालिकालाई उपचारका लागि अस्पताल पनि पुर्यायो ।
बच्ची निदाएको समयमा आमाले प्याकिङ गरेर कुरिअर खुलेको अनुसन्धानबाट खुलेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline