पत्नीलाई सुन्दरी प्रतियोगिता जिताउन पतिले सारी चोर्दा प्रहरी फन्दामा

पत्नीलाई सुन्दरी प्रतियोगिता जिताउन पतिले सारी चोर्दा प्रहरी फन्दामा

  • बिहिबार, भदौ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

तपाईंले पनि सुन्नुभएको होला, प्रेम र युद्धमा सबै जायज हुन्छ । प्रेममा मानिसहरुले हद पार गर्न पछि पर्दैनन् । मायालुहरु कहिलेकाहिँ आफ्नो मायालुका लागि यस्ता हर्कत पनि गरिदिन्छन् जो असहज लाग्छन् र सबैले मानक बनाउँछन् । भारतको छत्तिसगढका एक पुरुषले यस्तै गरेका छन् ।

श्रीकान्त गुप्ता नामका ती व्यक्तिले आफ्नी श्रीमतीलाई सुन्दरी प्रतियोगिता जिताउनका लागि शोरुमबाट सारी नै चोरेका छन् ।

श्रीकान्तकी पत्नी प्रमिला स्थानीय एक सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् । उनै पत्नीलाई प्रतियोगितामा जोडदार रुपमा प्रस्तुत गर्नका लागि ३२ वर्षका श्रीकान्तले सारीको एउटा शोरुममा पसेर डिजाइनर सारी नै चोरेर ल्याए ।

जब प्रमिलाले चोरी गरेका सारी लगाएर प्रतियोगितामा सहभागी भइन् तब श्रीकान्तको चोरीको पर्दाफास भयो । दर्शकमध्ये एकजनाले प्रमिलाले लगाएको चोरीको सारी चिनेछन् र सारी शोरुमका मालिकलाई सूचना गरेछन् ।

शोरुम मालिक पुलिस लिएर त्यहाँ आए र शोधपुछका लागि भन्दै प्रमिला र श्रीकान्तलाई चौकीमा लिएर गए । चौकीमा श्रीकान्तले आफूले चोरी गरेको स्वीकार गरे । आफूसँग डिजाइनर सारी किन्ने पैसा नभएपछि आफुले चोरी गरेको श्रीकान्तले बताएका छन् ।

श्रीकान्त एक सरकारी शिक्षक हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी