कम्प्युटरमा जिमेल र यूट्युब ढिलो खुल्छ ? यस्तो छ कारण

कम्प्युटरमा जिमेल र यूट्युब ढिलो खुल्छ ? यस्तो छ कारण

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

विगत केही हप्ता देखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आइरहेका छन् ।

यसरी गुगलका एप्लिकेसनहरु ढिला इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले घटना प्रति गम्भीर ध्यानकार्षण भएको बताउँदै स्पष्टिकरण दिएको छ ।

संघका अनुसार गुगलले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब  को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको थियो । तर हाल गुगल ले गरेको निर्णय अनुसार नेपालको आईएसपि कम्पनीहरुसँग अलग भएर  गुगलले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ ।

गुगलको यस निर्णयको कारणले यहाँका कम्पनीहरुमा राखिरहेको सरभरलाई विगत केही महिना देखि  गुगल ले स्तरोन्नोति गरेको छैन । यहि कारणले बढी प्रयोग हुने समयमा सरभरहरुको क्षमता अपुग भइरहेको संघको भनाई छ ।

‘इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले गुगल लाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरोन्नोति हुन सकेको छैन भने अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेका छन्,’ संघले जनाएको छ ।

संघका अनुसार गुगलले आफनो सरभर स्तरोन्नोति नगरेसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगल का एप्लिकेसन्स  जिमेल, यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी