एजेन्सी । कम्प्युटरलाई प्रभावकारी बनाउन यसमा जडान गरिएका टुल्सहरूको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले समयअनुसार कम्प्युटरमा प्रयोग गरिने टुल्सका नयाँ र प्रभावकारी भर्सनहरू आइरहने गर्छ । त्यसैको एउटा उदाहरण हो, बेरेर राख्न मिल्ने कीबोर्ड ।
बेरेर राख्न मिल्ने कीबोर्ड निकै स्मार्ट शैलीमा निर्माण गरिएको छ । यसलाई ‘सुङ्वु फोल्डेबल सिलिकन कीबोर्ड’ नाम दिइएको छ । यो कीबोर्ड ट्याब्लेट, स्मार्टफोन र नोटबुक चलाउन निकै उपयोगी साबित भएको छ ।
यसको अर्को सजिलो पक्ष भनेको जब काम सकिन्छ, यसलाई बेरेर आवश्यकताअनुसार झोला वा कुनै सानो स्पेसमा राखेर बोक्न सनिन्छ । कालो खैरो रङमा उपलब्ध यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ ।
यसलाई उच्च गुणस्तरको नरम सिलिकनबाट तयार गरिएको छ । यो कीबोर्डमा टाइप गर्दा शान्त महसुस हुन्छ । टाइप गर्दा आवाज नआउने भएकाले राति घरमा काम गर्नुपर्दा पनि सुतिरहेका अन्य सदस्यलाई डिस्टर्ब हुँदैन । यूएसबी कोर्डको सहायताबाट एप्पलका प्रडक्टमा चलाउन सकिने सुविधा पनि छ । यसको मूल्य २० डलर रहेको छ ।