सामसङ कम्पनीका सन्चालकलाई घुसखोरीको आरोपमा पाँच वर्ष जेल

सामसङ कम्पनीका सन्चालकलाई घुसखोरीको आरोपमा पाँच वर्ष जेल

  • शुक्रबार, भदौ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, भदौ ९ । दक्षिण कोरीयाको स्मार्ट फोन कम्पनी सामसङका दोस्रो वरियताका सन्चालकलाई घुसखोरीको आरोपमा पाँच वर्ष जेल सजाय तोकिएको छ ।

महाभियोगबाट अपदस्थ गरिएकी पूर्वराष्ट्रपति पार्क गुएन हायका निकट मानिने ली जाय योङलाई आफु अनुकुल निर्णय गराउन आर्थिक चलखेल गरेको आरोपमा दोषी करार गरिएको हो ।

उनीमाथि घुसखोरी, आर्थिक दुरुपयोग तथा विदेशमा सम्पत्ति लुकाएको अभियोग लगाइएको थियो ।

अभियोजनकर्ताहरुले १२ वर्षको जेल सजाय माग गरेपनि दक्षिण कोरियाली अदालतले शुक्रबार (आज) पाँच वर्षको सजाय तोकेको हो । सामसङ कम्पनीको उत्तराधिकारीको रुपमा हेरिएका लीले पूर्व राष्ट्रपतिको साथीले चलाएको गैरनाफामुलक संस्थालाई ३ करोड ६० लाख अमेरिकी डलर चन्दा सहयोग गरेका थिए ।

यो सहयोगबापत आफू र कम्पनीको पक्षमा अनुचित लाभ लिएको कसूर अदालतले प्रमाणित गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी