‘दा भिन्सि कोड्स’को खुल्यो रहस्य , चर्चित चित्र मोनालिसाको रहस्य ‘एलियन’

‘दा भिन्सि कोड्स’को खुल्यो रहस्य , चर्चित चित्र मोनालिसाको रहस्य ‘एलियन’

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

इटाली। इटालीका विश्वविख्यात चित्रकार लियोनार्दो दा भिन्सिका हरेक चित्रहरु रहस्यमय मानिन्छन् । उनले आफ्ना सबै चित्रहरु षडयन्त्रकारी सिद्धान्त (कन्स्पेरेन्सी थ्यौरी)मा रहेर कोरेका छन् । हरेक चित्रमा फरक–फरक कोड लुकाउने ‘दा भिन्सि कोड’अनुसार नयाँ तथ्य पत्ता लागेको छ ।

भिन्सिको कैयौँ शताब्दि अघिदेखि चर्चीत तस्वीर ‘मोनालिसा’ र सेन्ट जोन द बप्तिस्टा चित्रमा उनले गोप्य रुपमा एलियन (युएफओ)को ‘सन्त’(प्रिस्ट)को चित्र बनाएको रहस्य खुलेको ‘द सन’ले उल्लेख गरेको छ ।

‘द सन’का अनुसार ‘प्यारानर्मल क्रुसिबल’द्वारा जारी गरिएको एक भिडियोमा लियोनार्दो दा भिन्सिका हरेक चित्रहरु रहस्यमय रहेको र उक्त रहस्यमय चित्रहरुमा एलियन (युएफओ)को ‘सन्त’(प्रिस्ट)को चित्र रहेको दाबी गरिएको छ ।

उक्त भिडियोमा दा भिन्सिले आफ्ना चित्रहरुमा एलियन (युएफओ)को सम्बन्धी धेरै रहस्यमय कोड्सहरुमार्फत संदेश दिएका बताइएको छ ।

एलियन (युएफओ)को सम्बन्धि धेरै रहस्यमय कोड्सहरु ‘मोनलिसा’को चित्रमा मात्र नभई ‘सेन्ट जोन द बप्तिस्टा’को तस्वीरमा समेत देखिएको छ ।

‘प्यारानर्मल क्रुसिबल’ले भनेको छ, ‘मोनालिसा र सेन्ट जोन द बप्तिस्टाको तस्वीरमध्ये एक तस्वीरलाई ऐनामा दुईओटा बनाई विशेष प्रकाश परार्वतनमार्फत हेर्दा एक सिंगो एलियनको मुख्य ‘सन्त’ जस्तो आकृति देख्न सकिन्छ ।’

यस खबर बाहिर आएपछि के त्यतिबेला नै एलियनवारे खोज भएको थियो वा साँच्चिकै एलियनसँग नै दा भिन्सिको भेट भएको थियो भन्ने प्रश्न तेर्सिएको षडयन्त्रकारी सिद्धान्तकार (कन्स्पेरेन्सी थ्यौरीष्ट)हरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी