आफन्तले ‘शैतान’ भन्न थालेपछि स्कुल जान पाएनन् १२ इन्चभन्दा ठूलो हातका यी युवा !

आफन्तले ‘शैतान’ भन्न थालेपछि स्कुल जान पाएनन् १२ इन्चभन्दा ठूलो हातका यी युवा !

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

भारत । भारतको उत्तरप्रदेशका तारीक नाम गरेका १२ वर्षीय किशोरको दुबै हातका हत्केला १२ इन्चभन्दा ठूलो भएकै कारण आफ्नै शाथीभाई तथा आफन्तले ‘शैतान’ भन्न थालेपछि स्कुलबाटसमेत निकालिएका छन् ।

ती  किशोरलाई स्थानीय अस्पतालका चिकित्सकहरुले ‘हात्तिपाइले रोग’ लागेको हुनसक्ने भन्दै उपचार गरेपनि निको नभएको डेलिमेल अनलाइनले उल्लेख गरेको छ । तारीक आफ्नो लागि आफ्नै हात अभिसाप भएको कारण शाथीभाईदेखि टाढा हुनुपरेको र स्कुलसमेत जान नपाएको दुखेसो गर्छन्। उनले आफुलाई सबैले ‘शैतान’ भन्दा दुख लागेको बताए ।

स्थानीयहरु उनले पुर्वजन्ममा नराम्रो काम गरेवापत भगवानले श्राप दिएकोले यस्तो भएको भन्छन् । चिया पसलमा काम गर्दै पढिरहेका तारीकलाई स्कुलमा उनको हात देखेर अन्य बिद्यार्थी डराउन थालेपछि स्कुल प्रशासनले पढाउन नमानेका हुन् ।

तारीक आफैं आफ्नो कपडा लगाउन, खाना खान र नुहाउन सक्दैनन् । ताराकका दाई हर्गानले उनको हेरविचार गर्दै आएका छन् । हर्गानले भने, ‘मेरो भाइले आफ्नो हातले अरु कसैलाई डराउदैनन तरपनि सबै स्कुलले उनलाई पढाउन मान्दैनन् ।

हर्गामका अनुसार बुबाले तारीकलाई उपचारको लागि स्थानीय अस्पतालमा लिएर गएका थिए । स्थानीय अस्पतालका चिकित्सकहरुले उनको रोग पत्ता लगाउन सकेनन् र हत्तिपाइले रोग हुनसक्ने भन्ने अनुमानमात्र गरेका थिए । उनले धेरै औषधि खाए तर निको भएन ।

केहि समयअघि ताराकको बुबाको मृत्यु भएपछि उनको परिवारले अस्पतालमा गएर उपचार गर्न सकेका छैनन् । तर, तारीक आफ्नो हात ठिक हुनेमा ढुक्क छन् । उनी भन्छन्, ‘एकदिन मेरो हात ठिक भएपछि शाथीभाईसँग खेल्नेछु र सँधै स्कुल गएर पढ्नेछु ।’

तारीकको परिवारले कुनै राम्रो अस्पतालमा लगेर उपचार गर्नुपर्ने स्थानीय चिकित्सकहरुले बताएको तर केहि सहयोग नगरेको बताए । अहिले उनीहरु कहाँ–कसरि–कुन अस्पताल जानुपर्ने हो केहि थाहा नभएकोले दुखी भएको बताउँछन् ।

केहि दिन अघि स्थानीय संवाददाताहरुको टोलिसँग गएको डा.पवन कुमार गांधीले यस्तो समस्या पहिलोपटक देखेको भन्दै आफ्नो लागि एक रहस्यमय रोग भएको बताए । डा.गांधीले भने, ‘मैले केहि यस्तै अवस्थाहरु देखेको छु, तिनीहरुलाई हात्तिपाइले रोगको संक्रमण थियो ।’

तारीकको उपचारबारे डा.गांधीले निको हुने संभावनाहरु कम रहेको बताउँदै असंभव भने नरहेको बताए ।
उनले तारीकलाई सकेसम्म चाँडै कुनै शिक्षण अस्पताल लानुपर्ने सुझाव दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी