नयाँ उपाय : कार चोरी गर्न गधाको प्रयोग !

नयाँ उपाय : कार चोरी गर्न गधाको प्रयोग !

  • बिहिबार, साउन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी, साउन १९ । चोरहरुले चोरीका लागि अनौठो विधि प्रयोग गर्न थालेका छन् । दक्षिण अफ्रिकामा कार चोरी गर्ने गिरोहले गधा प्रयोग गरेर कार लैजाने गरेको तथ्य प्रकाशमा आएको छ ।

प्रहरीका अनुसार चोरी भएको एउटा लक्जरी कार गधा प्रयोग गरेर लैजादै गरेको अवस्थामा बरामद भएको छ । गधाले तानेर जिम्बाबेतर्फ लैजान नदी पार गर्न लागेको अवस्थामा कार बरामद भएको हो ।

स्थानीय प्रहरीका अनुसार कार तस्करी गर्ने कोशिश असफल भएपछि चोरहरु जिम्बाबेतर्फ भागेका थिए ।

गत वर्ष डिसेम्बरमा पनि डर्बनबाट चोरी भएको एक कारलाई नदी पार गराउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त कारलाई पनि गधाले तानेर लगिदैं गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

कार लैजान गधाको प्रयोग किन भइरहेको छ भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको अनुमानअनुसार आधुनिक सवारी साधनमा सामान्यतया ट्रयाकिङ्ग उपकरण जडान गरिएको हुन्छ, जसको मद्दतमा कार कहाँ छ भन्ने थापा पाउन सकिन्छ । उक्त उपकरण कार स्टार्ट गरिएको अवस्थामा मात्र चालु हुने भएकाले चोरहरुले कारलाई स्टार्ट नगरी गधा प्रयोग गरेर लैजाने गरेको हुन सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी