होसियार ! मोबाइलमा ज्यान नै लिने गेम त खेलिरहेका छैनन् बालबालिका ?

होसियार ! मोबाइलमा ज्यान नै लिने गेम त खेलिरहेका छैनन् बालबालिका ?

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी, साउन १८ । पछिल्लो समय भारमा लोकप्रिय बनेको अनलाइन गेम ‘ब्लू ह्वेल च्यालेन्ज’ लाई लिएर विवाद खडा भएको छ ।
भारतको मुम्बईमा १४ वर्षीय एक बालकको आत्महत्यापछि कथित ‘ब्लू ह्वेल च्यालेन्ज’ लाई लिएर विवाद खडा भएको हो ।

पश्चिमी मुम्बईको अन्धेरीमा बस्दै आएका मनप्रितले शनिबार घरको छतबाट हामफालेर आत्महत्या गरेका थिए । उनको आत्महत्याको प्रष्ट कारणबारे प्रहरी कुनै नतिजामा पुगेको छैन तर उनका साथीहरु भने उक्त अनलाइन गेमलाई नै जिम्मेवार मानिरहेका छन् ।

केही साथीका अनुसार मनप्रितले केही दिनदेखि ब्लू ह्वेल च्यालेन्ज गेमको कुरा गर्दै आएका थिए । प्रहरीले सबै सम्भावनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार मनप्रितको फोन र अन्य उपकरणबारे अनुसन्धान भइरहेको छ । तर उनको आत्महत्यालगत्तै सामाजिक संजालमा अनलाइन गेमका बारेमा चर्चा सुरु भएको छ ।

के हो ब्लू ह्वेल गेम ?

अनलाइनमा खेलिने यो गेमको सुरुवात रुसबाट भएको हो । मोबाइल, ल्यापटप या डेक्सटपबाट खेलिने यो गेममा प्रतियोगीलाई ५० दिनमा ५० अलग–अलग काम दिइन्छ । प्रत्येक काम पुरा गरेपछि हातमा एउटा निशान बनाउन भनिन्छ । खेलको अन्तिम चरणमा आत्महत्याको ‘टास्क’ हुन्छ ।

भारतमा हालै यो गेम चर्चामा आएको भए पनि यो गेमका कारण विश्वमा कयौंले आत्महत्या गरिसकेका छन् । गेम बनाउने फिलिप नाम गरेका युवालाई गिरफ्तार गरिसकिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार रुस, अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, चीन, जर्जिया, इटली, केन्या, पराग्वे, पोर्चुगल, साउदी अरब, स्पेन, अमेरिका, उरुग्वे लगायतमा देशमा बालबालिकाले यही गेमका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

इन्टरनेटमा गेम खेल्ने बालबालिकाहरु यस्तो खतरनाक गेमको चपेटामा आउन सक्ने भएकाले अभिभावकहरुले आफ्ना बालबालिकाले मोबाइल, ल्यापटप तथा डेक्सटपमा के गर्दैछन् भन्ने निगरानी गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी