सामसुङ क्युलेड टिभी नेपाली बजारमा

सामसुङ क्युलेड टिभी नेपाली बजारमा

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं ,साउन १६ ।
सामसुङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन सामसुङ क्युलेड टिभी नेपाली बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमा नआएको हाइ डाइनामिक रे प्रविधि प्रयोग भएको कम्पनीले जनाएको छ ।
क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देख्ने कम्पनीले दावी गरेको छ । क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ ।
सुधारिएको अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको असीमित डिजाइनले हरेक दृश्यलाई जीवन्त बनाउने पनि कम्पनीले जनाएको छ ।
क्युलेड टिभि हाल दुई मोडलमा उपलब्ध छन् । ५५ इन्चको क्युए५५क्यु७ मोडलको सुरुवाती मूल्य रु चार लाख ५० हजार रुपैंया क्युए६५क्यु८ को सुरुवाती मूल्य छ लाख ५० हजार रहेको छ । दुबै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गरिएको छ ।
बुकिङ् अफरमा सुरुवाती मूल्य को साथ ग्राहकले कुनै पनि सामसङ क्युलेड टिभि क्युए५५क्यु७ मोडलका खरिदमा सामसङ ग्यालेक्सी एस ८ र क्युए६५क्यु८ को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गर्नेछन् ।

यो अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो । प्रस्तुत बुकिङ अफर यही साउन १७ गतेदेखि लागू भई साउन ३१ गतेसम्म मात्र रहने छ । दरबारमार्गमा रहेको सामसुङ डिजिटल प्लाजामा खरिद गर्दा मात्र यो अफर लागु हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी