फेसबुकमा यस्ता काम गर्न आजैबाट छोड्नुहोस् …….

फेसबुकमा यस्ता काम गर्न आजैबाट छोड्नुहोस् …….

  • बिहिबार, साउन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

तपाईको फ्रेंड लिस्टको संख्या पक्कै पनि धेरै नै छ । तर के तपाईले कहिल्यै सोच्नुभएको छ फेसबुकको प्रयोगले मानिषहरुले तपाईको व्यक्तित्वलाई पनि अनुमान गर्ने गर्छन । तपाईले आफनो फेसबुक अकाउन्टमा पोस्ट गर्ने हरेक क्रियाकलापलाई विश्वभरका मानिसहरुले हेर्ने गर्छन । आज हामी तपाईलाई फेसबुक प्रयोग गर्दा हुने यस्ता ८ गल्तिहरुको बारेमा बताउने छौं जसबाट हरेक युर्जसलाई यसबाट बच्न आवश्यक छ ।

कमेंट्स र वालमा व्यक्तिगत जानकारी

फेसबुकका युर्जसहरुले कमेन्टस वा वालमा आफनो व्यक्तिगत जानकारी पोस्ट गर्न सुरु गरिदिन्छन तर यस्ता व्यक्तिहरुले म्यासेन्जरको प्रयोग गर्दा राम्रो , व्यक्तिगत जानकारी अरुलाई बताउनु नैतिक आधारमा मात्रै ठिक हैन यसले तपाईको लागि खतरा पनि ल्याउन सक्छ ।

प्रत्येक शब्द मा X अक्षर उपयोग गर्न हुदैन ।

मानिसहरुलाई आफनो हरेक शव्दमा ह् लेख्न राम्रो लाग्न सक्छ र धेरैले यसो गरेको पनि पाईएको छ । जस्तै Picture (तस्वीर) लाई Pic लेख्न सकिन्छ तर आजभोलीका युवापिढिहरुले Pix लेख्ने गरेको पाईएको छ यो कहासम्मको सम्झदारी हो आफै बुझन सकिन्छ ।

अचानक तस्वीर खिचे र राम्रो आयो भन्नु ।

धेरै मानिसहरुले आफनो तस्विरलाई फेसबुकमा सार्वजनीक गर्दा केहि न केहि क्याप्सन लेखेर पोस्ट गर्ने गर्छन , कयाप्सन लेख्दा धेरैले भन्ने गर्छन कि भरखरै अचानक खिचेको फोटो कस्तो छ ? वास्तवमा सबैलाई थाहा छ कि फेसबुकमा फोटो पोस्ट गर्दा , राम्रो फोटो आवोस भन्नका लागि एउटा राम्रो फोटो खिच्दा कति समय कोशिश गर्ने गरिन्छ । त्यसैले यो झुटो हो ।

शब्दहरुलाई गलत तरिकाले लेख्ने

मानिसहरुलाई एक अर्काको अगाडि स्मार्ट बन्न एकदमै मन पर्ने गर्छ , युवापिढिमा फेसबुकको प्रयोग बढेसंगै शव्दलाई गलत तरिकाले लेख्ने प्रवृति पनि बढदै गएको छ जस्तै Cool लाई kewl लेख्ने गरेको पाइन्छ । यो बानी हामीले परिवर्तन गर्न जरुरी छ किनकी बढदो विकृती संगसंगै शव्दलाई गलत तरीकाले प्रयोग गर्दा अब आउने हाम्रा पुस्ताहरुमा नकरात्मक असर पर्न छ ।

आफनो फोटो साथिहरुलाई टेंग गर्ने बानी

ठिक छ तपाई आफनो फोटो फेसबुकमा पोस्ट गर्न चाहनुहुन्छ तर आफनो सबै साथिहरुलाई टेगं गर्ने बानी नैतिक रुपले पनि राम्रो होइन, त्यस फोटोबाट आउने नोटिफिकेशनले कुनै साथिलाई परेशान गर्न सक्छ र त्यो साथिले नोटिफिकेशन बन्द गर्न विवश हुन्छ त्यसैले आफनो फोटो साथिहरुलाई टेगं गर्ने बानी राम्रो होइन ।

बाथरूममा सेल्फी

सबैलाई थाहा छ कि बाथरुममा लाइट राम्रो हुने गरेकोले सेल्फि राम्रो आउने गर्छ तर आफनो हरेक सेल्फि बाथरुममा लिदा तपाईको राम्रो व्यक्तित्वलाई नकरात्मक असर पर्न सक्छ , त्यसैले आफनो सेल्फि लिनका लागि कुनै राम्रो स्थानको चयन गर्दा राम्रो ।

आफनो साथिको साथिलाई एड गर्ने

हामीले प्रायजसो साथिहरुलाई एड गर्दा म्यूचल फ्रेन्ड हेरेर एड गर्ने गर्छौ तर अपरिचित व्यक्तिलाई एड गर्दा कहिले काहि समस्यामा पर्न सकिन्छ किनकी त्यो आइडि फ्याक आइडि पनि हुन सक्छ जसको उद्धेश्य तपाईलाई समस्यामा पार्न पनि हुन सक्छ ।

सबै अक्षरहरुक्यापिटल लेटरमा लेख्ने काम

यदि तपाईलँई महसुस हुन्छ कि सबै अक्षरहरु क्यापिटल लेटरमा लेख्दा राम्रो देखिन्छ वा पढन सजिलो हुन्छ भने यो गलत हो । सम्पुर्ण अक्षर क्यापिटल लेटरमा लेख्दा पाठकलाई पढन समस्या हुन सक्छ त्यसैले शव्द र वाक्यहरुको सहि तरीकाले उचित प्रयोग गर्नुहोस जसले तपाईले दिन खोज्नु भएको जानकारी पाठकले सजिल्यै बुझन सकोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी