तपाई कम्प्युटर वा ल्यापटप खोलेपछि बारम्बार ‘रिफ्रेस’ गर्नुहुन्छ ? तपाईको सोच गलत हुन सक्छ

तपाई कम्प्युटर वा ल्यापटप खोलेपछि बारम्बार ‘रिफ्रेस’ गर्नुहुन्छ ? तपाईको सोच गलत हुन सक्छ

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, असार २८ । कम्युटर वा ल्यापटप प्रयोगकर्तामध्ये अधिकांशले बारम्बार ‘रिफ्रेस’ गर्दछन् । माउस ‘राइट क्लिक’ गरेपछि आउने ‘डायलग बक्स’ मा ‘रिफ्रेस’ अप्सन हुन्छ । प्रयोगकर्ताहरु त्यही अप्सनमा गएर बारम्बार रिफ्रेस गर्दछन् ।

अधिकांश प्रयोगकर्ता झैं तपाई पनि कम्प्युटर चलाउँदा बारम्बार त्यसरी रिफ्रेस गर्नु हुन्छ ? गर्नुहुन्छ भने के सोचेर त्यसरी रिफ्रेस गर्दै हुनुहुन्छ ?

सामान्यतया कम्प्युटर प्रयोगकर्ताले कम्प्युटरको मेमेरी छरितो तुल्याउन, प्रोगाम लोडमा हुने गरेको विलम्ब कम गर्न वा कम्प्युटरको ‘अपरेटिङ सिस्टम’ छरितो हुने ठानेर बारम्बार रिफ्रेस गर्दछन् । तपाई पनि त्यही वर्गमा त पर्नु हुन्न ? यदि पर्नुहुन्छ भने आफ्नो सोच परिवर्तन गरिहाल्नुस् । माथि उल्लेख गरिएका कुनै पनि काममा ‘रिफ्रेस बटम’ ले काम गर्दैन ।

रिफ्रेस गर्दा डेक्सटपमा रहेका आइकनहरुमा हलचल हुनुबाहेक अरु कुनै फाइदा हासिल हुँदैन ।

त्यसो भए तपाईको मनमा प्रश्न उठ्न सक्छ, त्यो रिफ्रेस अप्सन किन राखियो त ?

प्रश्न स्वाभाविक पनि हो । यो टुललाई माइक्रोसफ्टले डेक्सटपको आइकन ‘रि–डिस्प्ले’ गर्नका लागि बनाएको हो । डेक्सटप आइकन डिस्प्ले विधि तपाईले छनौट गरिसकेपछि कुनै नयाँ आइकन राख्नुभयो भने त्यसलाई तपाईले चाहेअनुसारको विधिको क्रमानुसार मिलाउनका लागि ‘रिफ्रेस’ टुलको प्रयोग गरिन्छ । त्यसबाहेक कम्प्युटरको मेमोरी बढाउन वा कम्प्युटरको प्रोग्रामलाई छरितो बनाउन ‘रिफ्रेस’ टुलले कुनै भूमिका निर्वाह गर्दैन ।

विन्डो क्लवका अनुसार यसरी रिफ्रेस गर्नेहरु ‘कम्पल्सिभ डिसअर्डर’ बाट पीडित हुन्छन् । यस्तो गर्नेमा कम्प्युटर इन्जिनियरहरु समेत रहेका छन् । कम्प्युटरलाई बारम्बार रिफ्रेस गर्नु ‘अज्ञानता’ रहेको विन्डो क्लवको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी