मेची अञ्चल अस्पतालमा सुधार प्रक्रिया सुरु

मेची अञ्चल अस्पतालमा सुधार प्रक्रिया सुरु

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भद्रपुर, २४ असार । अस्पताल सुधार कार्यक्रम अन्तर्गत भद्रपुरस्थित मेची अञ्चल अस्पतालको सुविधा सम्पन्न भवन बन्ने प्रक्रिया सुरु भएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गर्नुभएको स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत अञ्चल अस्पताललाई रु ३० करोड बराबरको तीन तले सुविधा सम्पन्न पक्की भवन बन्ने प्रक्रिया सुरु भएको हो ।

मेची अञ्चल अस्पताल विकास समितिको माग बमोजिम झापा क्षेत्र नं– ३ का सांसद कृष्णप्रसाद सिटौलाको पहलमा स्वास्थ्य मन्त्रालयले रु ३० करोडको लागतमा आधुनिक उपकरण जडान गर्न मिल्ने गरी जनमैत्री भवनको प्रस्तावसहित बोलपत्र आह्वान गरेको मेची अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्नका लागि प्रयोगशाला, अभ्यास कक्ष तथा बिरामी उपचार सेवा प्रवाह गर्न मिल्ने गरी भवन निर्माणको प्रस्तावसहित बोलपत्र भइसकेको छ ।
अञ्चल अस्पतालमा आवश्यक दरबन्दी र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न लागिएको अस्पताल प्रशासनको भनाइ छ ।

अझै पनि केही दरबन्दी रिक्त रहेकाले मन्त्रालयमा माग गरिएको अस्पतालका प्रमुख डा पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी