अस्पतालमा डिजिटल एक्सरे मेसिन

अस्पतालमा डिजिटल एक्सरे मेसिन

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

महोत्तरी, २४ असार । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब रु १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब रु १३ लाखको लागतमा तीन सय एमए पावर भएको सिआर मेसिन जडित डिजिटल एक्सरे मेसिन ल्याएको छ ।

सो अस्पतालमा रहेको पुरानो एक्सरे मेसिन एक वर्ष अगाडिदेखि बिग्रिएर थन्किएको र सानो मेसिन पनि विगत केही दिनदेखि बिग्रिएर कामै नलाग्ने भएपछि अस्पतालको अथक प्रयासपछि सो मेसिन ल्याउन सफल भएको जनस्वास्थ्य प्रमुख नागेन्द्रप्रसाद यादवले बताउनुभयोे ।

अब केही दिनमै सो मेसिन अस्पतालमा सञ्चालनमा ल्याउने प्रमुख यादवले जानकारी दिनुभयो । जिल्लाको सबै भन्दा ठूलो अस्पतालको रुपमा परिचित रहेको जलेश्वर अस्पतालमा सीमावर्ती भारतीय क्षेत्रका दिनहुँ सयौँ बिरामी उपचारको लागि आउने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी